Above News Title

मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

किरातीहरुले मदिराको प्रारम्भ सुम्निमाले गरेकी हुन् भन्ने विचार राख्दै आएको पाइन्छ
मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

                                                                                                                         तस्विरः लेखकको फेसबुक वालबाट

डा भक्त राई

सामान्यतया मदिरा भन्नाले मादक पदार्थ (मात लाग्ने पेय पदार्थ) भन्ने बुझिन्छ । संसारमा मदिरा दुई प्रकारको हुन्छ । पहिलो प्रकारको मदिरा प्राकृतिक रूपमा मदिराको गुण भएको वस्तुहरु जस्को सेवनले मात लाग्छ जस्तैः सुर्ती, गाँजा, भाङ, धतुरो, च्याउ, मह, कदमको फल वा तेल, चिउरी, सुपारी, ताडीको रस, बिखुमा, फूलको रस, बास्ना आदि । र, अर्को प्रकारको मदिरा भनेको मानिसद्वारा निर्मित मादक पदार्थ ।

सन्सारमा मदिराको प्रारम्भ कहाँबाट र कसरी भयो भन्ने विषयमा फरक फरक धारणा पाइन्छन् । कसैले पूर्वीय संस्कृति र सभ्यताबाटै मदिराको प्रारम्भ भयो भन्ने दाबी गर्दै आएका छन् भने कसैले पास्चात्य संस्कृति र सभ्यताबाट सुरु भएको हो भन्ने विचार व्यक्त गर्दै आएका छन् । यसरी नै पूर्वमा पनि सर्वप्रथम आर्यहरुले मदिराको प्रारम्भ गरे कि अनार्यहरुले सुरु गरे भन्ने विषयमा स्पष्ट खोज अनुसन्धान हुन सकेको छैन ।

विभिन्न धार्मिक, दार्शनिक ग्रन्थहरुमध्ये किरातीहरुको मुन्दुमर मुन्धुम र आर्यहरुको वेदमा प्रशस्त मात्रामा मदिरा र यसको सेवनबारे चर्चा गरिएको पाइन्छ भने त्रिपिटक, कुरान, बाइबल आदि धार्मिक ग्रन्थमा भने मदिरालाई त्याज्य वस्तुका रूपमा अर्थात् यस्को सेवनलाई बहिष्कार गरिएको पाइन्छ । नेपालको सम्पूर्ण आदिवासी जनजातिहरुमा मदिराको प्रचलन पाइन्छ । किराती जातिको लगभग सबै समुदायमा मदिराको प्रयोग पाइन्छ । लाप्चा, मेचे, कोचे, राजवंशी, राना थारु आदि आदिवासी जातिले भने मदिरा र मांसको सेवन गरे पनि धार्मिक, सांस्कृतिक कार्यमा भने मदिरा र पशु हिंसालाई त्याग्दै आएका छन् ।

हिन्दु संस्कृत वाङमयहरु वेद, पुराण आदि ग्रन्थमा मदिरा र यसको सेवनबारे प्रशस्त मात्रमा चर्चा पाइन्छ । तर आर्यहरुले कहिलेदेखि सांस्कृतिक रूपमा मदिराको प्रचलन त्यागे भन्नेमा स्पष्ट विवरण पाइदैन । यस विषयमा त्यस्तो आधिकारिक खोज अन्वेषण हुन सकेको छैन । 

नेपालका आदिवासीहरुमध्ये किराती जातिमा कसरी मदिराको प्रारम्भ भयो भन्ने विषयमा पनि विभिन्न फरक फरक धारणा पाइन्छन् । एका थरीको मत के छन् भने किरातीहरुको आदिम पुर्खा पारुहाङ जहिले पनि बाहिर डुलिरहने । कहिले घरमा नबस्ने हुनाले उनकी श्रीमती सुम्निमाले मर्चाको आविष्कार गरेर मदिराको निर्माण गरी पारुहाङ्लाई सेवन गराएको र त्यसपछि मात्र उनी मदिराले मस्त भएर घरमा बस्न थाले ।

त्यसैले, मदिराको प्रारम्भ सुम्निमाले गरेकी हुन् भन्ने विचार राख्दै आएको पाइन्छ ।

अर्का थरीले भने प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले खाई नसकेको कन्दमुल तथा फलफूलहरु पातमा पोको पारेर ओडारमा छोडी राखेको र केही दिन पछि उक्त ओडारमा जाँदा आफूले छाडेको खाना चाख्दा बास्नादार तथा बेग्लै स्वादको भएको र त्यसको सेवन गर्दा हल्का मात लागेको हुँदा उक्त खानालाई मन पराएकोले त्यसरी नै गुम्साएर खान थालेको हुनाले त्यहीबाट मदिराको प्रारम्भ भएको भन्ने अभिमत राख्दै आएका छन् ।

यसरी नै अर्का थरीको विचार पनि झण्डै यही प्रकारको तर त्यो मत भने अलिक पछि कृषि युग प्रारम्भ भए पछिको पाइन्छ । यो मतअनुसार प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले लगेको खाना पातमा पोको पारेर बोक्ने क्रममा केही दिन पछि खाँदा बास्नादार तथा मात लाग्ने भएको र उक्त मात लाग्ने खाना स्वादिलो भएको हुँदा घरमा आएर पनि त्यसरी नै खानालाई पातमा पोको पारेर केही दिन गुम्साएर खाने गरेको र यसरी मदिरा परम्पराको प्रारम्भ भएको हो भन्ने विचार व्यक्त गर्दै आएको पाइन्छ । 

जाँड बन्ने प्रक्रियामा मर्चाको जरुरी पर्ने र मर्चा बनाउँदा विभिन्न प्रकारको झारपात (जडिबुटी) चाहिने भएको हुँदा यी भनाइसंग सहमत हुन सकिन्छ । 

जुनसुकै वस्तुको जाँड बनाउँदा पनि फर्मन्टेसनका लागि केही दिन पोको पारेर गुम्साएर  राख्नै पर्ने हुन्छ । त्यसैले, पछिल्लो यी भनाइमा निकै सत्यता पाइन्छ । नेपालका आदिवासी जनजातिहरुको परम्परागत संस्कृतिमा मदिराको प्रयोग अनिवार्य मानिन्छ । उनीहरुको हरेक सांस्कृतिक, धार्मिक क्रियाकलापमा मदिराको प्रयोग अनिवार्य मानिन्छ ।

आदिवासी जनजातिहरुले मूलतः खाना, खाजाको रूपमा, कोसेलीको रूपमा, प्रसादको रूपमा, आम्दानीको रूपमा, औषधिको रूपमा, आँट, जोश, तागतको लागि, शिर उभ्याउनीको लागि, क्षमा याचनाको लागि, अन्नको सदुपयोगको लागि, मनोरञ्जनको लागि, धार्मिक सांस्कृतिक कार्यमा प्रसादको रूपमा आदि कार्यमा प्रयोग गर्ने गर्दछन्। 

संस्कृत वाङमयहरुमा खास गरेर ऋग्वेदमा मदिराबारे प्रशस्त मात्रमा चर्चा भएको पाइन्छ । हुन त कतिपयले वेदमा वर्णित पदार्थ मदिरा नभई औषधिजन्य पेय पदार्थ हो भन्ने विचार विचार राखेको पाइन्छ । तर त्यो गलत हो । किनभने वेदमा स्पष्टसङ्ग सोम रस (सोम लता, लहरा, जडिबुटी र फलफूलद्वारा बनाइएको मदिरा) सुरा) र अन्नबाट बनाइएको मदिरा) बारेमा बताइएको छ । ऋग्वेदको विशेष गरेर नवौं र दसौं मण्डलमा प्रशस्त मात्रामा मदिरालाई शक्तिको प्रतीक देवताको रूपमा चर्चा गरिएको छ । ऋग्वेदको नवौं मण्डल सूक्त १,६ मा यस्तो उल्लेख गरिएको छः

पुनाति ते परिस्रुतं सोमं सूरस्य दुहिता । वारेण शश्वाता तना ।।६।। 

अर्थात् हे सोमदेव, सूर्यपुत्रीले तिम्रो रसलाई सनातन र आवरणबाट बनाउँछिन । 

यसरी नै नवौं मण्डल सूक्त १, ८ मा यस्तो उल्लेख छः 

तमीं हिनवन्त्यग्रुवो धमन्ति बाकुरं द्रुतिम । त्रिधातु वारणं मदु।।८।।

अर्थात् तेजस्वी सोमरसलाई औंलाले निचोरेर रस निकाल्दछन् । यस्तो दुःख निवारक मधुर रसमा तीन शक्तिहरु रहेका हुन्छन् । यसरी नै ऋग्वेद ९, ६२, २२ मा यस्तो उल्लेख पाइन्छः

एते सोमा असृक्षत गृणानाः श्रवसे महे। मदिन्तमस्य धारया ।।२२।।

अर्थात् परम आनन्दले युक्त सोमरस स्तुति गानपछि हामीलाई असल शक्ति प्रदान गर्नका लागि धारो लागेर कलशमा खस्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने वेदमा मदिरा (सोम रस, सुरा) लाई शक्ति प्रदायक देवताको रूपमा, शक्तिनाशक उर्जाको रूपमा स्तुति गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने आर्यहरुले प्राचीन समयमा मदिराको प्रयोग अनिवार्य रूपमा गर्ने गर्दथे । आर्यहरु भारतीय उपमहाद्वीपमा आउनुपूर्व नै यस क्षेत्रमा किरातीहरुको संस्कृति र सभ्यताको प्रारम्भ र विकास भैसकेको हुनाले आर्यहरुले किरातीहरुबाटै मदिरा बनाउन सिके कि आफैले ल्याएको ज्ञान हो ? यस सम्बन्धमा अझैसम्म खोज अनुसन्धान हुन सकेको देखिदैन । 

उता इरान र यता चीनमा दशौ हजार वर्ष पहिले नै माटाको घ्याम्पोमा अङ्गुरको मादक पेय पदार्थ बनाइएको अवशेष पाइएको छ । वस्तुतः रैथाने आदिवासी जातिहरुले नै मदिराको प्रारम्भ गरेको कुरामा भने निकै विश्वस्त हुन सकिन्छ । 

मदिरा कति प्रकारको हुन्छ ?

संसारमा मूलतः तीन तरिकाले तीन प्रकारको मदिरा उत्पादन गरिन्छ । 
१ वाइनरीबाट वाइन
२ ब्रोअरीबाट बिअर र
३० डिस्टिलरीबाट रम, ह्वीस्की, भोड्का, ब्राण्डी, जिन, स्कच आदि । 
घरेलु परम्परागत मदिरा चाहिँ मूलतः दुई प्रकारको उत्पादन हुन्छ, ती हुन्ः 
१ जाँड अर्थात् नरम प्रकारको मदिरा, यसअन्तर्गत भने विभिन्न थरीका जाँडहरु पर्दछन् । जस्तैः छनुवा, निगार, तोङ्बा, सरुवा, हुरेजाँड, भाती जाँड, सुमे जाँड, ओथारे छोक्रा आदि ।
२ रक्सी अर्थात् कडा प्रकारको मदिरा । यसअन्तर्गत एक पानेदेखि १२, १४ पानेसम्मका रक्सीहरु पर्दछन् ।

कसरी बन्छ मदिरा ?

घरेलु मदिरा मुख्य तीनवटा सामग्री अन्न, फलफूल र कन्दमूलबाट बनाइन्छ । जुनसुकै वस्तुबाट मदिरा निर्माण गरे पनि अनिवार्य रूपमा मर्चा आवश्यकता पर्दछ । दूधबाट दही, सागबाट गुन्द्रुक, मुलाबाट सिन्की, भटमासबाट किनिमा बनेजस्तै फर्मेन्टेट प्रक्रियाबाट जाँड बन्ने गर्दछ । जाँडलाई वाष्पीकरण गरेर रक्सीको निर्माण गरिन्छ । 

वाइन कसरी बन्छ ?

संसारभर वाइन पिउने प्रचलन पाइन्छ ।  वाइन अङ्गुरबाट बनाइन्छ । वाइन बनाउँदा पनि घरेलु मदिरा बनाउँदा जस्तै पहिले वाइनलाई राम्ररी पकाइन्छ अनि सेलाएपछि त्यसमा मर्चा हालिन्छ र सामग्री अनुसारको भाँडामा गुम्साएर राखिन्छ । केही दिनपछि उक्त सामग्री फर्मेन्टेट भएर तयार हुन्छ र त्यसलाई छानेर आवश्यक रङ र अल्कोहल थपेर बोट्लिङ  गरिन्छ ।

बियर कसरी बन्छ ?

वाइन अङ्गुरबाट बनेजस्तै बियर जौबाट बन्ने गर्दछ । बियर बनाउदा सर्वप्रथम जौलाई माल्टिङ (टुक्राउने) गरिन्छ । र, त्यसमा पनि मर्चा  हालिन्छ र हावा नछिर्ने गरी सुममा प्याकिङ गरेर राखिन्छ । १०, १५ दिन पछि फर्मेन्टेड भैसक्छ । त्यसपछि किटाणुहरु मार्न र लामो समयसम्म राख्न नबिग्रोस् भन्नका लागि उमाल्ने काम (पास्चरिङ) गरिन्छ । त्यसपछि आवश्यक रङ, अल्कोहल र बास्ना हालेर बोट्लिङ गरिन्छ ।
            
यसरी हेर्दा के देखिन्छ भने प्राचीन समयदेखि नै संसारभर मदिराको प्रचलन पाइन्छ । संसारको जुनसुकै क्षेत्र, वर्ग र समुदायमा मदिराको प्रचलन भए पनि यसको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक भएको हुँदा यस्को सेवनमा सजग हुन जरुरी छ । 

प्रकाशित:

११०७ दिन अगाडि

|

१० भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९