दशरथ घिमिरे
देउखुरी । लमही नगरपालिका–५ निवासी पुन्टेश्वर चौधरीलाई हरेरी पूजाबारे केही भुलेको जस्तै लागिरहन्छ । पहिलेको जस्तो समाज अहिले छैन । मिश्रित समाज भइसकेको छ । तर पनि आफ्नो पुर्खाहरुले मनाउँदै आएको संस्कृतिको बारेमा युवा पुस्ताले जान्न खोज्दैछन् । त्यसैले धेरै वर्षपछि लमही गाउँमा भव्य रुपमा हरेरी पूजा गरिएको छ । ‘धेरै वर्षपछि भब्यरुपमा हरेरी पूजा गरियो । युवा पुस्तालाई जानकारी नहँुदा समस्या पर्ने भयो’– उहाँले भन्नुभयो– ‘पूजा नै नहुने भएपछि जानकारी हुने कुरा पनि भएन । सबैलाई जानकारी गराउन पनि यसपालि हरेरी पूजा गरियो ।’

यो पूजामा गाउँभरिका मानिस देउताको थानमा जम्मा हुन्छन् । गुरुवा धामी पूजामा बस्छन् । हरेक घरबाट पूजाको सामाग्री एक ठाउँमा जम्मा गरिन्छ । अनि गाउँमा बजाउने मादल पनि लगिन्छ । देवी देवताको पूजा गरेपछि मादलको पनि पूजा गरिन्छ । यसरी हरेरी पूजा गरेपछि थारु समुदायका चाडपर्व शुरु भएको मानिने गाउँका अगुवा कमलनारायण चौधरीले बताउनुभयो । ‘खेतीपाती सक्यौं । अब यसमा हानि नोक्सानी नहोस् भनेर हरेरी पूजा गर्छौं । हरेक वर्ष मनाउने पर्व हो’– उहाँले भन्नुभयो– ‘धान सप्रियोस् भन्ने कामना गरिन्छ । गाउँमा रोग नछिरोस् भन्ने कामना पनि गरिन्छ ।’ हरेरी पूजाबारे नयाँ पुस्तालाई जानकारी दिन आवश्यक रहेको बुद्धिजीवी हरि चौधरीले बताउनुभयो । ‘यो प्रकृति पूजा हो । खेतीपाती सप्रियोस् भनेर सदियौंदेखि गर्दै आएका छौं’– उहाँले भन्नुभयो, ‘तर नयाँ पुस्ताका युवाले यो पूजा गर्ने विधि र महत्वको बारेमा थाहा पाएका छैनन् । जानकारी दिन पनि यसपालि राम्रोसँग गरेका छौं ।’
थारु समुदायको कला संस्कृतिबारे अध्ययन गर्नु भएका उदयराज आलेले थारु समुदायको महत्वपूर्ण पर्व हरेरी भएको बताउनुभयो । ‘खेतीपाती सकेपछि गरिन्छ । नियमित पूजा गर्ने परम्परा छ’– उहाँले भन्नुभयो– ‘रोगव्याधी नलागोस् भन्ने हो । अर्काे महत्वपूर्ण कुरा भनेको गाउँभरिको मादल खुलाउने पूजा पनि यही हो ।’ सामूहिकरुपमा गरिने हरेरी पूजाले एकता र सामूहिक भावनाको विकास गर्ने पनि तर्क उहाँको छ । ‘समाज त मिश्रित भइसक्यो । पहिले जस्तो त रहेन । तर पनि हरेरी पूजालाई निरन्तरता दिनु नै राम्रो विषय हो’– उहाँले भन्नुभयो– ‘दाङसहित थारु बाहुल्य गाउँ तथा जिल्लामा हेरेरी पूजा गरिन्छ ।’
यसरी गरिन्छ हरेरी पूजा
अहिले थारु गाउँमा हरेरी पूजा भइरहेका छन् । खेतीपातीमा कुनै किसिमको हानि नोक्सानी नहोस् भनेर किसानहरु हरेक वर्ष साउन वा भदौ महिनामा हरेरी पूजा गर्दछन् । वर्षायामको खेतीपाती सकाएर बालीको सुरक्षाका लागि थारु समुदायमा हरेरी पूजा गर्ने पर्ने प्रचलन रहेको छ । हरेरी पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्छन् । हरेरी पूजा दुई दिनसम्म गर्ने गरिन्छ । पहिलो दिन गाउँको मरुवा वा देउता थानमा पूजा गर्ने र साँझ पूजाको लागि गुइँठाको आगोमा गुरुवाले हाम्फाल्ने, मन्त्रोच्चारण गर्ने गरिन्छ । यसरी गर्दा अग्निले नछोए राम्रो शुभ वर्ष हुने विश्वास छ । पूजाको भोलि पल्ट पूजारीले दिएको खरिभन अर्थात दूध र आगो लिएर खेतबारीको गराको पानीमा उक्त खरिभन मिसाउँदा खेती सप्रिने र यसले बाली जोगाउँछ भन्ने विश्वास छ ।

कुनै–कुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन पाइँदैन । यो पूजापछि मात्र थारु गाउँमा नाचगान र मादल बजाउन पाइने प्रचलन रहेको छ । हरेरी पूजाको दिन थारु समुदायमा हरियो घाँसपात काटे अशुभ मानिने भएकोले यो दिन केही कार्य पनि गरिदैन । एक दिन आराम गर्ने दिनको रुपमा लिइन्छ ।
प्रकाशित:
१०९८ दिन अगाडि
|
१८ भदौ २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९