Above News Title

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिमका उत्कृष्ट हेडसर, राष्ट्रपतिबाट सम्मानित 

जितबहादुर चौधरी ‘ट्रासन’ सुदूरपश्चिम प्रदेशको उत्कृष्ट प्रधानाध्यापकको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधवार शितल निवासमा सम्मानित भएका छन् । उनी थारु लेखक संघ, कैलालीका अध्यक्षसमेत हुन् ।

नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई यो वर्षको राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्ड प्रदान गर्ने क्रममा सो सम्मान दिइएको हो ।

देशैभरबाट छनोट गरिएका व्यक्तित्वहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उक्त अवार्डबाट सम्मानित गरेका हुन्। राष्ट्रपतिको कार्यालयमा आयोजित अवार्ड वितरण कार्यक्रममा यस वर्षको ‘पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ पर्वतारोही आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ।

प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार २०८०’बाट कोशी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका सोमप्रसाद गौतम, बागमती प्रदेशबाट जनकल्याण माध्यमिक विद्यालय बौद्धका कमला राई, गण्डकी प्रदेशबाट पञ्चमुनिदेव मावि, पाल्पाका टुकादेवी आचार्य पुरस्कृत भएका छन्। यसैगरी, लुम्बिनी प्रदेशबाट मोहन कन्या मा।वि। तानसेनका गोपालप्रसाद बस्याल, कर्णाली प्रदेशबाट तिरपुरा मावि जगदुल्ला डोल्पाका जयबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशबाट सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’ सम्मानित भएका छन्।

                                                                            सर्वोदय माध्यमिक विद्यालय धनगढीका जितबहादुर चौधरी ‘ट्रासन’

प्रतिष्ठानले हरेक वर्ष सामुदायिक विद्यालयमा क्रियाशिल शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई पुरस्कारसहित ५० हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजारबराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ।

जीवनभर विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्ने शिक्षकहरूको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रहोत्साहन गर्न स्वर्गीय पर्यटन व्यवसायी प्रजापति प्रसाईको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। पर्यटन क्षेत्रमा अनवरत लाग्नेलाई हरेक वर्ष पीपी प्रसाईं लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्ने गरिएको छ।
 
प्रकाशित:

१०९५ दिन अगाडि

|

२० भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९