Above News Title

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ सातै प्रदेशमा दिइँदै

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी खोप’ को ‘पाइलटिङ डेमोन्सट्रेसन’ आज भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट यो खोपको शुभारम्भ गर्ने भएको छ । 

हाललाई यो खोप १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका(२०६५ भाद्र ३०–२०६६ भाद्र २०) किशोरीहरुलाई लक्षित गरी दिइने जनाइएको छ ।
सातै प्रदेशका १–१ वटा अस्पतालबाट १४ वर्षका किशोरीलाई ६ महिनाको फरकमा दुई मात्राको एचपीभी खोप दिन लागिएको खोप शाखा प्रमुख डा. अभियान गौतम बताउँछन् ।

निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश एचपीभी खोपलाई विस्तार गर्दै १० –१४ वर्षसम्मका सबै किशोरीलाई यो खोप लगाइने उनको भनाइ छ । उनका अनुसार तोकिएका अस्पतालहरूबाट उपलब्ध गराइने एचपीभी खोपको पहिलो मात्रा लिनका लागि उमेर खुल्ने आधिकारिक प्रमाणपत्र/जन्मदर्ता/जन्म खुलाउने अन्य कागजात लिएर जानुपर्नेछ।

त्यसैगरी दोस्रो मात्रा लिनका लागि खोपको पहिलो मात्रा लिएको खोप कार्ड साथमा लैजानुपर्नेछ । यो खोप कहाँ–कहाँ दिइँदै छ?


- कोशी प्रदेशमा कोशी अस्पताल – विराटनगर

- मधेश प्रदेशमा नारायणी अस्पताल – वीरगन्ज

- वाग्मती प्रदेशमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल – थापाथली

- गण्डकी प्रदेशमा गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान – पोखरा

- लुम्बिनी प्रदेशमा भेरी अस्पताल - नेपालगन्ज

- कर्णाली प्रदेशमा प्रदेश अस्पताल – विरेन्द्रनगर

- सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल – डडेलधुरा

सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने झनेको थियो । यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको भए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको थिएन ।

सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो ।नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ ।

प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेपनि अभियानकै रुपमा भने सरकारले यो पहिलोपटक सबैतिर विस्तारको सुरुआत गरेको हो ।

यही असार १९ बाट चीनबाट २० हजार मात्रा एचपीभी खोप खरिद गरी ल्याइएको थियो । अहिले दिन लागिएको खोपको नाम ‘सिकोलिन’हो ।यसले एचपीभी भाइरसको प्रजाति ‘१६’ र ‘१८’ को कारणले हुने पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरणमा प्रभावकारी रहेको देखिएको छ ।

पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिन सक्छ‚ जबसम्म क्यान्सर अन्तिम स्टेजमा पुगिसकेको हुँदैन । त्यसैले खोप र नियमित स्क्रिनिङ अपिरहार्य रहेको चिकित्सकहरूको सुझाव छ ।

मुख्यतः एचपीभी भाइरसको प्रकार ‘१६’ र ‘१८’ ले क्यान्सरको जोखिम बढाउँछन् । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ र यो खोप सुरक्षित र प्रभावकारी पनि पाइएको छ ।

क्लिनिकल अन्कोलोजिस्ट डा. रश्मी पुनले यो खोप पाठेघरको क्यान्सर रोक्न सक्ने माध्यम भएको बताउँदै भन्छिन्‚ ‘यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने देखिको छ । यो खोपले अरु यौनजन्य रोगहरुबाट पनि बचाउँछ ।किशोरी तथा महिलाहरुलाई यो खोप एकदम लाभदायिक छ।’

धनी राष्ट्रहरूमा एचपीभीविरुद्धको खोपको उपलब्धता, स्क्रिनिङ र उपचारको पहुँच भएकाले यी देशहरूमा मृत्युको दर कम रहेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यौन सम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ ।

साथै १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ ।यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ ।विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् ।

खोप सीमित, पहिला आउनेलाई प्राथमिकता

परिवार कल्याण महाशाखाले जनाएअनुसार यो खोप लगाउनुपर्ने १४ वर्ष उमेर समूहका किशोरी संख्या ३ लाख ५८ हजार ७५४ रहेका छन् भने १० देखि १४ वर्ष उमेर सख्यांका किशोरीहरु १६ लाख ८८ हजार ७६८ रहेका छन् ।

त्यसैगरी हाल खोप दिइने भनिएको ७ जिल्लामा १४ वर्ष उमेरका किशोरीहरु ४५ हजार ७ जना रहेका छन्‚ जसमा ९ हजार ५०५ जना जतिलाईमात्र खोपको दायरामा समेट्न सकिने अवस्था रहेको खोपा शाखाको प्रमुख डा. गौतम बताउँछन् । उनी भन्छन्‚ ‘हाल यो खोप कम परिमाणमा मात्र उपलब्ध भएकाले थुप्रै चुनौती छन् । जिल्लाको जनघनत्वको आधारमा भ्याक्सिन वितरण गरिएको छ तर खोप सीमित भएकाले ४–५ दिनसम्म दिने भनिएपनि पहिलो वा दोस्रो दिनमा नै खोप प्रयोग भइसक्ने सम्भावना छ ।’

उनले क्यान्सर स्क्रिनिङ कार्यत्रम पनि सरकारको प्राथमिकताको कार्यक्रम रहेकाले ३० वर्ष उमेरपछि हरेक महिलाले ५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने सुविधा सुझाए ।

परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल सरकारले चाहेर पनि यो खोप धेरै मात्रामा ल्याउन नसकिएको बताउँछन् । भन्छन्‚ ‘विश्वमै यो खोपको माग जति छ‚ उपलब्धता त्यति नै कम छ । हालसम्म ३ वटा कम्पनीले मात्र यो उत्पादन गरिरहेका छन् ।त्यसैले अहिले जति छ‚ त्यति नै समतामूलक वितरण होस् भनेर यसरी खोप दिन लागिएको हो ।’

उनका अनुसार सरकार गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगबाट नियमित खोपमा समावेश गर्ने गरी पर्याप्त मात्रामा उपलब्ध गराउनका लागि निरन्तर सम्पर्कमा छ । डा. विवेक भन्छन्‚ ‘प्रपोजोल पेस गरिसकेका छौँ । ग्रिन सिग्नल पनि पाइसकेको अवस्था छ । स्वीकृतिको चरणमा जान्छ होला । सन् २०२४ सम्म यो खोप ल्याउने संकल्प हो ।’

खोप शाखाका अनुसार सन् २०२४ देखि एचपीभी खोप नियमित खोप सेवामा समावेश गरेर कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालयबाहिरका १० वर्षका बालिकाहरुलाई एचपीभी खोप प्रदान गरिनेछ । त्यसैगरी ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका बालिबालिकाहरूलाई एचपीभी खोप अभियानको रुपमा दिने बताइएको छ ।

प्रकाशित:

१०८८ दिन अगाडि

|

२७ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९