Above News Title

सुदूरपश्चिमका राज्यमन्त्रीद्वय जिम्मेवारीविहीन हुँदा गुनासो

सुदूरपश्चिमका राज्यमन्त्रीद्वय जिम्मेवारीविहीन हुँदा गुनासो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका दुई राज्यमन्त्रीहरू जिम्मेवारीविहीन भएका छन् ।

मुख्यमन्त्री तथा सम्बन्धित मन्त्रीले औपचारिक जिम्मेवारी नदिँदा यहाँका राज्यमन्त्रीद्वय गीता देवी माल र कैलाश चौधरी जिम्मेवारीविहीन देखिएका हुन् ।

नियुक्त भएको लामो समयसम्म पनि वन वातावरण तथा उद्योग पर्यटन राज्यमन्त्री माल र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री चौधरी कामविहीन बनेका हुन् । माल नेकपा माओवादी केन्द्रबाट तथा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट राज्यमन्त्री बनेका हुन् ।

राज्यमन्त्री मालले भनिन्, ‘मलाई हालसम्म कुनै औपचारिक तथा विषयगत जिम्मेवारी दिइएको छैन । जसले आफैलाई राम्रो फिलिङ भएको छैन । मन्त्रालयको क्षेत्र बृहत् भएकाले जिम्मेवारी बाँडफाँट गरिँदा हाम्रो काम परिणाममुखी हुन्थ्यो भन्ने हो । कार्यभार पनि कम हुन्थ्यो ।’ उनले आफ्नो जिम्मेवारीबारे कुरा पनि राखेको तर व्यवहारमा अझै नपाएको जिकिर गरिन् ।

नेकपा माओवादी केन्द्रकै रमेशसिंह धामीलाई वन वातावरण तथा उद्योग पर्यटन मन्त्री बनाइदा माललाई सोही मन्त्रालयको राज्यमन्त्री दिइएको हो ।

त्यस्तै, राज्यमन्त्री चौधरी पनि जिम्मेवारीविहीनको पीडाबाट गुज्रिरहेका छन् । जिम्मेवारी नपाउँदा अझैसम्म के काम गर्ने, के नगर्ने, आफ्नै अधिकार क्षेत्र कहाँसम्म हो ? भन्नेबारे अन्यौलता रहेको राज्यमन्त्री चौधरी बताउँछन् ।

उनले भने, ‘हुन त हामी एउटै पार्टी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका हौ । तर खै ? कामको बाँडफाँट बुझ्न सकिरहेको छैन । जिम्मेवारी दिँदा समग्र मन्त्रालय तथा सरकारकै कामको प्रभावकारिता बढ्थ्यो भन्ने हो ।’

नागरिक उन्मुक्ति पार्टीकै रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाइँदा कैलाश चौधरीलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

राज्यमन्त्रीद्वय माल र चौधरीले जिम्मेवारीविहीन भएको दुखेसो सुनाइरहँदा उता मुख्यमन्त्री कमलबहादुर शाहले भने यसबारे आफूलाई जानकारी नआएको बताउँछन् । मुख्यमन्त्री शाहले यसबारे सम्बन्धित मन्त्रालयका मन्त्रीले नै उपयुक्त जिम्मेवारी दिई कार्यसम्पादन बढाउनुपर्नेमा जोड दिए ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

२०८० जेठ ६ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री शाहले नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, उनको सवारी दुर्घटना मृत्यु भयो । अहिले यो मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका शिवराज भट्ट छन् । 

नेकपा माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा छन् । 

मुख्यमन्त्री शाहले २०८० साउन १७ गते नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउँदै सरकारलाई पूर्णता दिएका थिए । 

प्रकाशित:

१०८२ दिन अगाडि

|

२ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९