Above News Title

प्रेस काउन्सिलद्वारा महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

प्रेस काउन्सिलद्वारा महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

सरला चौधरी

प्रेस काउन्सिल नेपालद्वारा आयोजित ३ दिने महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम असोज २२ गतेबाट काठमाडौं, सिनामंगलस्थित मातृभूमि होटेलमा सुरु भएको छ । कार्यक्रमकी प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री रेखा शर्माबाट कार्यक्रम समुद्घाटन भएको हो । 

सो अवसरमा मन्त्री शर्माले जुनसुकै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अझै पनि कमी रहेको र सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । उनले पत्रकारितालाई सहज बनाउनको लागि राज्यका नीतिनियमहरु राम्रो बनाउनु पर्ने कुरामा आफू लागि परेको र पत्रकारहरुको हकहितका लागि प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार संघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले मन्तव्यको क्रममा पत्रकारले पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने र  पत्रकारिताले समाजको वास्तविक जीवन्त तस्बिर पस्किनको लागि समावेशी पत्रकारिताको आवश्यकता रहेको बताए । साथै, उनले पत्रकारिता प्रविधिमैत्री हुनुपर्ने विचार व्यक्त गरे । 
प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा उनले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, प्रेस काउन्सिलका सदस्यद्वय लालबाबु शेख र दुर्गा भण्डारी लगायत बक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण शरद अधिकारीले गरेका थिए । 

तालिममा २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल प्रेसका सम्पादक मातृका पौडेल, शिलापत्रका सम्पादक जनक नेपालले आजका समाचार, हुनुपर्ने समाचार, अनलाइन समाचार, कमेन्टका विकृति र व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित:

१०६० दिन अगाडि

|

२४ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९