Above News Title

सखिया नाचमा रमाउँदै थारू बस्ती

सखिया नाचमा रमाउँदै थारू बस्ती

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौली गाउँमा ३ सातासम्म सखिया नाचको पूर्वतयारी भयो । दसैँको सुरुवातपछि यो नाच औपचारिक प्रदर्शन सुरु गरिएको छ । बेलुकीपख तयारीको क्रममा बजाइने मादलको ताल र मञ्जिराको छन्कारले गाउँ गुञ्जायमान छ । निकासी (पूजापाठ) गरिएसँगै औपचारिक रुपमा सखिया नाच प्रदर्शन हुँदै आएको छ ।

बेनौलीका भलमन्सा काजीराम महतो भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला–संस्कृतिको दुष्टिकोणले पनि महत्त्वपूर्ण छ । जसको संरक्षण र प्रवर्द्धनका  लागि गाउँमा सखिया नाच गराइरहेका छौँ ।’

धनगढी उपमहानगरपालिका–१,६ भादा गाउँ एक महिना यता मादलले गुञ्जायमान छ । उसो त होम स्टे सञ्चालन हुँदै आएको भादामा अरु बेला पनि सखिया नाचिन्छ । होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले गाउँघरको माहोल उल्लासमय भएको जानकारी दिए ।

बेनौली र भादा गाउँमा मात्रै होइन, दसैँ आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ । सखिया नाचको प्रदर्शनले दसैँको उल्लास बढाएको हो ।

सामूहिक लोक नृत्यको रुपमा लिइने सखिया नाचका प्रत्येक पात्रको भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रिया आफ्नै प्रकृतिको छ ।

यद्यपि, पछिल्लो समय अनुकुुलता र प्रतिकुलतालाई मध्यनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाच दसैँको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ ।

लोक संस्कृतिविद् थारुका अनुसार दसैँको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ ।

सखिया के हो ?

सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैँको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो ।

सखिया थारु लोकभागवत पुराण हो । दसैँमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ ।

डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र

सखी र डानु री डाडा डरीउना री कहिले

टोही मैं सामिरौं सरस्वती मैयाँ

सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ

पैंयाँमा कृष्ण र गोपिनीको रसलीला

सो पुस्तकमा उल्लेख भएअनुसार दसैँको अवधिमा तथा सखिया नाचको बिच–बिचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्‍या (मदाल बजाउने युवा) एक अर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ ।

सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबिचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’

एनरी बाहाँस हो काटी कमवा सिटैबु

कमवा सिटैबु मै पिन्जला बनैबुँ

पिन्जला बनैबु मै सारी सुगा पलबु

वचनक बिनल पिन्जला कबु रे जिनी टुट

टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना

पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ ।

पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् ।

त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैँ नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भिड लाग्ने गरेको छ ।

यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभइ यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जुनकारण सखिया नाच व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।

 

प्रकाशित:

१०५१ दिन अगाडि

|

३ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९