Above News Title

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

रहेनन् वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर

नेपाली बाल साहित्यका धरोहर शान्तदास मानन्धरको ९० वर्षको उमेरमा बयोधा अस्पतालमा मंगलवार निधन भएको छ । उनी हर्निया रोगबाट पीडित थिए । मानन्धरको दाहसंस्कार बुधबार विद्युत्तीय शवदाहगृह आर्यघाटमा गरिदैछ ।

शुभेच्छुकहरुको दर्शनको लागि विद्युत्तीय शवदाहगृह परिसरमा बुधवार १२ देखि २ बजेसम्म पार्थिव शरीर राखिएको छ ।
उनी बालकोसेली, बालपोष र मचाक्यब नामक् बालसाहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक थिए । १९९१ साल जेठको शुक्लदशमीका दिन काठमाडौँमा जन्मिएका उनी १५ वर्षको किशोर उमेरदेखि औपचारिक सृजनायात्रामा लम्किएका थिए ।

उनका मरुभूमिमा एक राज्य कथासङ्ग्रह (२०२०),  बसिबियाँलो निबन्धसङ्ग्रह (२०३७), कथाकोसेली–१ बालकथासङ्ग्रह (२०४९), पानीको कथा सचित्र निबन्ध (२०५८),  हाम्रा बालबालिकाहरू र बालसाहित्य प्रबन्ध (२०५९), चार डाला नाक सचित्र बालकथा (२०४१), साहित्यमा लुसुनका विचारहरू अनूदित निबन्धसङ्ग्रह (२०२२),  कथाकोसेली–२ अनूदित बालकथासङ्ग्रह, (२०५०),  गुलिभरको लिलिपुट यात्रा अनूदित बालउपन्यास, (२०५२) प्रकाशित छन् ।

त्यस्तै, कथाकोसेली–३ अनूदित बालकथासङ्ग्रह (२०५३),  कथाकोसेली–४ (अनूदित बालकथासङ्ग्रह (२०५६),  कथाकोसेली–४ अनूदित कथासङ्ग्रह (२०५७),  कथाकोसेली–५ लोकबालकथासङ्ग्रह (२०५७), कथाकोसेली–६ अनूदित बालकथासङ्ग्रह (२०५८) हिउँकी रानी अनूदित परिकथासङ्ग्रह, (२०५८), म के बन्नुपर्ला ? (२०६१) प्रकाशित छन् ।
यसैगरी, उनले लुसुनको ‘आह क्युको साँचो कथा’ जस्तो चर्चित कृतिको अनुवादसमेत गरेका थिए ।

जीवनको उत्तराद्र्धमा पनि साहित्य सिर्जनामै निरन्तर क्रियाशील उनले रुम टु रिडुलगायत विभिन्न प्रकाशनका सयौं चित्रकथा सम्पादन गरेका थिए  । 

गत वर्ष उनलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो । त्यस्तै, उनी पहिलो पारिजात बालसाहित्य सम्मान २०७०, जगदम्बाश्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरुबाट सम्मानित थिए ।

प्रकाशित:

१०२५ दिन अगाडि

|

२९ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९