नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हकहितका लागि उठाइएका जायज माग पूरा गराउन आफूले पूरा साथ दिने प्रतिबद्धता जनाएका छन् ।
नवलपरासीका थारु अगुवा समुदायसँग शनिवार आयोजित छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो तराईका भूमि पुत्रका अधिकारका विषयमा ध्यान दिन जरुरी रहेको बताए ।
नेपालको हरेक परिवर्तनमा इतिहासदेखि वर्तमान अवस्थासम्म आइपुग्दा थारु समुदायको महत्त्वपूर्ण उल्लेखनीय रहेको जनाउँदै सांसद चौधरीले थारु समुदायको जायज माग पूरा गराउन आफ्नो साथ रहने बताए ।
‘यहाँ तपाईँहरूले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु’ चौधरीले भने ।
थारु समुदायको उत्थान र उनीहरूको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भने, ‘ मैले उहाँहरूले उठाउनुभएका विषय सम्बोधनका लागि संसद् र सरोकारवाला निकायमा गम्भीर रूपमा उठान गर्नेछु । तपाईंहरुसँगै म पनि अगाडि बढ्नेछु ।’
प्रकाशित:
१०२३ दिन अगाडि
|
३ मंसिर २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९