राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा कैलालीको धनगढीमा पहिलो रानाथारू भाषा-साहित्य सम्मेलन हुने भएको छ ।
शनिवार १६ मङ्सिरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते रुबस होटेलमा सम्मेलन गरिने जनाएको छ ।
कार्यक्रममा नेपाल तथा भारतबाट समेत रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार (मोठी), रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको कार्यक्रम संयोजन पदम बहादुर रानाले जनाए ।
विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवं एकरूपतामा जोड दिइने रानाले बताए ।
कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण प्रयास रहनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवं लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित:
१००८ दिन अगाडि
|
१७ मंसिर २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९