Above News Title

फुटपाथ व्यापार निषेधको विरोधमा ई:ले ललितपुरमा उभिएर प्रदर्शन गर्ने

फुटपाथ व्यापार निषेधको विरोधमा  ई:ले ललितपुरमा उभिएर प्रदर्शन गर्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले बुधबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् । ललितपुरको सपना नमार्न भन्दै उनले साँझ-बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् । समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम नगर्न ई:ले आग्रह गरेका छन् ।

अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन् । आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि  लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ । ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न थालिएको हो ।

प्रकाशित:

१००१ दिन अगाडि

|

२५ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९