Above News Title

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ ।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर २५ गतेसम्म मात्र भर्नाको म्याद थियो । अब पुस २४ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिनेछ। 

स्नातकोत्तर तथा अधिस्नातक तह ( MA& PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी म्याद थप गरिएको सूचना त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयले जनाएको छ। 

सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाको आवेदन फाराम भर्ने समयावधि पुस २४ गतेसम्म थप गरिएको जनाएको छ। 

आवेदकहरूले अनलाइन मार्फत आवेदन दिनुपर्नेछ। त्यसका लागि द्वारा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस/कार्यक्रमहरूका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ । 

म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही नहुने त्रिविले जनाएको छ।

त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् । 

अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी. / एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। 

आवेदन फाराम पुस २४ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस २६ गते राती १२:०० बजेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षा पुस २७ गतेदेखि हुनेछ।

प्रकाशित:

९९६ दिन अगाडि

|

२७ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९