काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ । राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाको खुला आह्वान गरेको छ ।
प्रतियोगीले १५ पुसभित्र कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ । ५०० शब्दसम्मको कविता इमेल र ह्वाट्सएपबाट पठाउन सकिने वा राप्रपाको धुम्बाराहीस्थित कार्यालयमै आएर पनि बुझाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र त्यसपछिका ३ जनालाई सान्त्वनास्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने राप्रपाले जनाएको छ । पुरस्कृत कविताहरु २७ पुसमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वाचन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने र उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने राप्रपाले बताएको छ ।
प्रकाशित:
९९६ दिन अगाडि
|
२७ मंसिर २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९