थारू होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा यही पुस १७ गतेदेखि महोत्सवको आयोजना हुने भएको छ।
स्मरण रहोस्, धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादामा सन् २०११ देखि नै अंग्रेजी वर्षको पहिलो साता महोत्सव आयोजना हुँदै आएको छ। थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार २० घरमा सञ्चालनमा रहेको होमस्टेको विकास तथा थारू कला, संस्कृति, खानपानको प्रवर्धनको लागि महोत्सव आयोजना हुँदै आएको हो।
स्थानीयहरूले आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न थारु समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी नाचलगायत प्रदर्शन गरिन्छ । त्यस्तै, थारुमौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीको भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुवा लगायतको रक्सी र जाँडको झोललगायतको बिक्री वितरण हुन्छ।
पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब १ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रकाशित:
९८७ दिन अगाडि
|
६ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९