कैलाली । सर्वोच्चको आदेशपछि नेपालमा पहिलो पटक समलिंगी (ट्रान्स कपल) ले विवाह दर्ता गराएका छन् ।
सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको सूचना पाएपछि प्रकाश र मनिला विवाह दर्ताको लागि कैलारी गाउँपालिका वडा नम्बर ८ मा प्रक्रिया अगाडी बढाएको बताए ।
उनीहरु चार वर्ष अगाडी नै मन्दिरमा गएर नेपाली परम्परागतरुपले विवाह गरिसको फोटो भिडियो र विवाह क्रममा मन्दिरमा तिरेको रसिद देखाएपछि वडाले विवाह दर्ता गरेको बताए ।

मनिला भन्छिन् ‘ट्रान्स कपल जोडी विवाह गरेर कानूनी मान्यता पाउने नेपालमै हामी पहिलो जोडी बन्यो । सरकारले हाम्रो माग सुनुवाई गरिदिएकोमा एकदमै खुशी छौं ।’ उनीहरु विवाह हुनुभन्दा अगाडीदेखि नै प्रेम सम्बन्धमा थिए । अफिसले उनीहरुको चार वर्ष अगाडी विवाह गरिदिएको हो ।
विवाह पश्चात उनीहरु दुबै जना एक अर्काको घरमा जाने बस्ने गर्दछन् । अहिले परिवारले पनि स्वीकार गरिसकेको प्रकाश बताउँछन् । उनी भन्छन् ‘हामी कानुनी मान्यता नपाउँदा सम्म पारिवारिक र सामाजिक लडाई त थियो नै, जटिल विरामी भएको बेला स्वास्थ्य उपचारमा जाँदा सम्बन्धको आधारमा गर्न नपाउँने । अस्पतालले परिवार नै खोज्थ्यो । बैंकि· कारोवारमा पनि हामीलाई गाह्रो भयो ।’ उनका अनुसार जहिलेपनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्कका साथ विवाहित जोडी बन्यो ।
यस अघि सर्वोच्च अदालतको आदेशमा परम्परागत रूपमा विबाह मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्था थियो । विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिंगीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन आउँथ्यो ।
समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।
प्रकाशित:
९८६ दिन अगाडि
|
७ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९