कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ पुस ७ गते शनिबार लोकार्पण भएको छ ।
सम्भव समूहबाट काठमाडौंमा आयोजित कार्यक्रम कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज राना तथा कवि अस्तित्वले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।
सो अवसरमा श्यामलले ६६ कविता समावेश रहेको सङ्ग्रहमा ४० बढी कवितामा तत्कालीन ग्रामीण परिवेशको भोगाइ रहेकाले कृतिकारलाई ग्रामीण कविको उपमा दिए । मानिसले उसलाई आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविले समेटेको उनको भनाइ थियो । उनले अगाडि भने, “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ ।”
कवि राधिका कल्पितले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताईन् ।
यस्तै कवि सुरज रानाले ग्रामीण परिवेशका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको बताए ।
कृतिकार घनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्दै समीक्षकहरुले औंल्याएको सबै विषयबस्तु एउटै संग्रहमा अटाउन नसकिने विचार व्यक्त गरे ।
बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।
प्रकाशित:
९८७ दिन अगाडि
|
८ पुष २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९