Above News Title

मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

पूरा नभए आन्दोलन गर्ने चेतावनी
मुक्तकमैया र कमलहरीको न्यायिक पुर्नस्थापनाका लागि मुक्त कमैया महिला विकास मञ्चले अघि सार्यो ११ बुँदे माग

काठमाडौं, १२ पुष । मुलुकमा गणतन्त्र आएको १७ वर्ष वितिसक्दासमेत पनि पश्चिम नेपालमा रहेका कृषि दासताबाट मुक्त घोषणा भएतापनि मुक्त कमैया तथा कमलहरीहरुले अझै पनि चरम गरिवी र अभाव जीवनयापन गर्न बाध्य छन् ।

नेपाल सरकारले दासताको जीवनबाट कमैयाहरुलाई मुक्तीको घोषणा गरेको २२ वर्ष र कमलहरी मुक्त घोषणा गरेको १० वर्ष बितिसक्दा पनि मुक्त कमैया र कमलहरीको पुनःस्थानालगायत जीविकोपार्जनका समस्या सम्बोधन हुन सकिरहेका छैनन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मुक्त कमैया महिला विकास मञ्च, कैलालीले संघीय सरकारले मुक्त कमैया तथा कमलहरीका सवाल तथा समस्याहरु सम्बोधन गर्न बेवास्ता गर्दै आएको आरोप लगाएको छ । संघीय सरकारले मुक्त कमैया, कम्लहरी समूदायसँग गरेका सम्झौताहरु कार्यान्वयन गर्न र उक्त समूदायले भोगेको समस्याहरुको समाधान गर्न संघीय सरकारसँग जोडदार माग गरेको छ ।

मञ्चले विभिन्न ११ बुँदे मागसमेत अघि सारेको छ । मञ्चले अघि सारेका मागहरुमा मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने, गरिवी निवारण मत्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवाको लागि तयार पारेको पूनःस्थापना कार्ययोजना तथा कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी कार्यान्वयन गर्नुपर्ने, मुक्त कमैया, कमलरीहरुको समस्या समाधानको लागि एकीकृत ऐन जारी गरी पूनःस्थापना कार्य अगाडि बढाईनुपर्ने रहेका छन् ।

मुक्त कमैया महिला विकास मञ्च, कैलालीकी अध्यक्ष सीमा कुमारी चौधरी र कमैया र कमलहरी आन्दोलन अभियानकर्ता कौशिल्या चौधरीले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तीमा मुक्त कमैया र कमलहरीहरुद्धारा सञ्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरिनुपर्ने पनि मुख्य माग समावेश गरिएको छ । यस्तै, नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पिएचडी, चिकित्सा, ईन्जिनियरिङ, सूचना तथा प्रविधि) आदि गरिनुपर्ने पनि माग छ । माथि उल्लेखित माग सम्बोधन नगरिए संघर्षमा होमिने पनि मञ्चको चेतावनी छ ।

कार्यक्रममा मञ्चकी अध्यक्ष सिमा कुमारी चौधरी, संविधानसभा सदस्य हरेराम शेर्पाली, मुक्त कमैया आन्दोलन परिचालन समितिका केन्द्रीय सदस्य कौशिल्या चौधरी, दलित गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष गजाधर सुनार, भागिराम चौधरी, मुक्त कमैया वर्ग सञ्जाल कैलालीका अध्यक्ष रामपल चौधरीलगायतले मुक्त कमैया र कमलहरीको न्यायिक पूनःस्थापनको लागि आवाज उठाएका थिए ।

मुक्त कमैया महिला विकास मञ्च, कैलालीको ११ बुँदे मागहरु :
१) मुक्त कमैया, हलिया, कमलरी तथा हरवा चरवा वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
२) भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हलिया तथा हरवा चरवा पुर्नस्थापनाका लागि तयार पारेको कार्ययोजना तथा कार्यविधि मन्त्रीपरिषदबाट पारित गरि कार्यान्वयन गरियोस् । 
३) मुक्त कमैया, कमलहरीहरुको समस्या समाधानको लागि एकिकृत ऐन जारी गरि पुर्नस्थापना कार्य अगाडी बढाइयोस् । 
४) मुक्त कमैया र मुक्त कमलहरीको तथ्यांक संकलनमा विविध कारणवस नाम छुट भएका वास्तविक मुक्त कमैया, मुक्त कमलहरीहरुको तथ्यांक संकलन गरी प्रमाणीकरण गरि परिचयपत्रको व्यवस्था गरियोस् । 
५) मुक्त कमलहरीको शिक्षामा पहुँच अभिवृद्धि गर्न कमलरी छात्रवृत्ति शिक्षा निर्देशिका संशोधन गरि लागु गरियोस् । 
६) सरकारी प्रति जमिनमा बस्ती लागेर बसोबास गरिरहेका मुक्त कमैयाहरुलाई छानबिन गरि बसिरहेकै स्थानमा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइयोस् । (टीकापुर न.पा शक्तिनगर, शिवनगर, गोदावरि न.पा गेटी कत्ठा टोल) 
७) अभिभाभवक विहिन मुक्त कमलरी तथा विवाह गरेर पनि जग्गाजमिन नभएका कमलरीहरुका लागि भूमि सहितको घरवासको व्यवस्थाको गरियोस् ।
८) मुक्त कमैयाहरु बसोबास गरिरहेका बस्तीमा रुखका कारणले वर्षेनी धनजनको क्षति भइरहेकोले सो बस्तीको काठ कटानि गरि मुक्त कमैयाहरुलाई उपलब्ध गराइयोस् । (भजनीको मधुवन, सृजना वस्ती, गोदावरि न.पाको अत्तरिया, गौरीगंगा न.पाको सालघारी मुक्त कमैया बस्ती)
९) प्रदेश तथा संघीय सरकारमा मुक्त कमैया, कमलहरीहरुको समानुपातिक प्रतिनिधिको व्यवस्था गरियोस् साथै बसोबास रहेको गाउँपालिका, नगरपालिका , निर्माण हुने विविध समिति तथा आयोगमा प्रतिनिधित्वको व्यवस्था साथै निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।
१०) नेपाल सरकारले मुक्त कमैयाका बालबालिका तथा कमलहरीहरुका लागि उच्च तहसम्म र प्राविधिक शिक्षाको लागि निःशुल्क शिक्षाको व्यवस्था (विद्यालय तहदेखि पि.एच.डि , चिकित्सा, इन्जिनियरिङ, सूचना तथा प्रविधि आदि )   
११) मुक्त कमैया र कमलहरीहरुद्वारा सन्चालित सहकारीहरुमा बिउ पुँजीको व्यवस्था गरियोस् ।   


 

 

प्रकाशित:

९८० दिन अगाडि

|

१३ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९