Above News Title

कोरिया जाने सपनाको अवसान

कोरिया जाने सपनाको अवसान

कोरिया जान दुई वर्षदेखि तयारी गरिरहेका अछामका वीरेन्द्र शाह र दुई सातादेखि मात्र भाषा सिक्न थालेका दैलेखका सुजन रावत मारिए, दुवै युवा २३ वर्षका थिए ।  

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।

 अछामको चौरपाटी गाउँपालिका– १ सिउडीका टेकबहादुर शाह २३ वर्षीय छोरा वीरेन्द्रको फोन कुरिरहेका थिए । घर छोड्ने दिन वीरेन्द्रले भनेका थिए, ‘म कोरिया जाने दिन उडाउन काठमाडौं आउनुहोला ।’ शुक्रबार साँझ हतारहतार गरी टेकबहादुर ३५ घण्टाको गाडी यात्राका निम्ति तयार भएर काठमाडौंका लागि हिँडे । तर, छोरालाई उडाउन होइन, उसको शव बुझ्न ।

ईपीएस कोटामार्फत कोरिया जाने सपना देखेर काठमाडौं गएका वीरेन्द्रको शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा आन्दोलनका क्रममा मृत्यु भयो । छोराको खबर सुनेपछि ५३ वर्षीय टेकबहादुर काठमाडौंतर्फ हान्निएका छन् भने आमा दुर्गादेवी मूर्छित छिन् । छिमेकी हजुरबुबा एवं सिउडी माविका प्रधानाध्यापक बमबहादुर शाहका अनुसार वीरेन्द्रले सिउडी माविबाट २०७८ सालमा कक्षा १२ सम्मको अध्ययन सकेका थिए ।

यतै बसेर जागिर गर्ने भनेर उनले भेटेरिनरी जेटीए पढेका थिए । ‘मैले नै पढाएको विद्यार्थी हो । अरूभन्दा पढाइमा पनि राम्रै थिए । देशभित्र जागिर पाइने सम्भावना नदेखेपछि कोरिया जान भाषाको तयारी गर्न काठमाडौं गए,’ प्रअ शाहले भने, ‘वीरेन्द्रका दाइ लामो समयदेखि परिवारसहित भारतमा छन् । दुःख गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले परिवार सम्हालिन सकेको छैन । टेकबहादुरलाई प्यारालाइसिसका कारण हातको समस्या छ । ‘दसैंमा आउँदा बुबाआमालाई केही चिन्ता नगर्नु, म विदेश जाने बेला बिदाइ गर्न आउनुपर्छ भन्दै गएको थियो ।

तर, छोराको लास ल्याउन वृद्ध अवस्थाका बुबाले जानुपर्ने समय आयो,’ बमबहादुरले भने । आर्थिक अवस्था कमजोर भएकाले वीरेन्द्र कोरिया जाने भन्दै २ वर्षअघि काठमाडौं पसेका थिए ।

झन्डै एक वर्षअघि बुबाको मृत्यु भएपछि र पारिवारिक व्यापार बिग्रिएपछि दैलेखको महाबु गाउँपालिका–६ रानीवनका २३ वर्षीय सुजन रावतले घरको अवस्था सुधार्न विदेश जाने निर्णय लिएका थिए । सरकारले कोरिया जाने कामदारका लागि आवेदन खुलाएको थाहा पाएपछि एक महिनाअघि काठमाडौं पुगे । काठमाडौंको थानकोटमा साइँला काकाको छोरासँगै बस्दै आएका उनले बागबजारको एक इन्स्टिच्युटमा कोरियन भाषा सिक्न थालेको करिब एक साता पुगेको थियो ।

शुक्रबार ललितपुरको बालकुमारी नजिकै युवाहरूले गरेको आन्दोलन हेर्न गएका उनको प्रहरीको निर्घात कुटपिटबाट ज्यान गएको छ । यो घटना सुनेपछि आमा ४६ वर्षीय नन्दाकुमारी अर्धबेहोस अवस्थामै छिन् । ‘भाउजू अहिलेसम्म पति वियोगमै हुनुहुन्थ्यो,’ मृतकका काका खगेन्द्रले भने, ‘त्यसमा जेठो छोरा गुमेको थाहा पाएपछि उहाँ अर्धबेहोस नै हुनुहुन्छ ।’

 

प्रकाशित:

९७९ दिन अगाडि

|

१४ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९