Above News Title

राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

सरला चौधरी
राष्ट्रिय थारु कलाकार मञ्चको आयोजनामा माघी शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रम २०८० बुधवार अन्तराष्ट्रिय खेलकुद परिषद सातदोबाटोमा सम्पन्न भएको छ ।
कार्यक्रमको सहजीकरण थारु कलाकार मञ्चका महासचिव रोशन रत्गैयाले गरेका थिए । थारुकलाकारको अध्यक्ष विनय चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन कार्यक्रमका प्रमुख अतिथि शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका अग्रज व्यक्तित्वहरुका साथै २४ जिल्लाको अग्रज कलाकारको उपस्थिति रहेको थियो । 
थारुकलाकार मञ्चका सल्लाहकार नन्दुराज चौधरीले कार्यक्रमको औचित्य र उद्देश्य माथि प्रकाश पारेका थिए भने सांगठनिक प्रकृया र अनुभवको बारेमा जनजाति प्रतिष्ठानका सदस्य शत्रुघन चौधरीले व्याख्या गरेका थिए । त्यसैगरी अग्रज कलाकार सोमती चौधरीले मानसिक रोग बाट बच्न गीत संगीत अपिहार्य रहको कुरा व्यक्त गर्दै आफ्नो गीत प्रस्तुत गरेकी थिइन । कार्यक्रममा थारु आयोगकी सदस्य माननीय शान्ति मोदी, समाजसेवी तथा कुशल व्यवसायी शिव बहादुर चौधरी, व्यवसायी तथा युवा नेता सीताराम चौधरी लगायत उपस्थित कलाकारहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । 
शुभकामना मन्तव्यको क्रममा पूर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले कलाकारिता क्षेत्रलाई व्यवसायिक बनाउदै राष्ट्रियकरण गर्ने कुरामा जोड दिएका थिए । थारु कलाकारिता क्षेत्र अझै पनि राष्ट्रिय स्तरमा व्यवसायिकरण हुन नसकेको कुरा व्यक्त गरे र आगामी दिनमा कालाकारिता क्षेत्रलाई अघि बढाउन स्टुडीयो निर्माणनको लागि आफू प्रतिबद्ध रहेको कुरा व्यक्त गरे । 
 
प्रकाशित:

९७६ दिन अगाडि

|

१८ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९