कैलालीका विभिन्न दस संघसंस्थाले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म माघमा चार दिन विदाको माग गरेका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई पुस २४ गते मंगलवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले विदाको माग गरेका हुन् ।
थारू कल्याणकारिणी सभा कैलाली, थारू नागरिक समाज कैलाली, थरुहट थारूवान राष्ट्रिय मोर्चा कैलाली थारू पत्रकार संघ कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेश, थाकस धनगढी नगर समिति, बरघर भल्मन्सा धनगढी नगर समिति, सखी सन्जाल धनगढी तथा थारू विद्यार्थी समाज कैलालीले चार दिन विदाको माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– माघ १ जति जति जति नजिकिदै छ, थारू समुदायमा उति उति रौनक बढ्दै गइरहेको छ, मान्छेमा स्वतःस्फूर्त रुपमा एक किसिमको खुशी, उत्साह, उमंग छचल्किन शुरु भैसकेको छ । र, माघमा दिइने सरकारी विदा बारेमा पनि चर्चा सुरु भैसकेको छ । संघ सरकारले दिने माघ १ गतेको विदामा कैलालीका केही स्थानीय सरकारले विदा थप्दा २०७९ सालमा कैलालीका धेरै स्थानीय तहमा माघ ३ गतेसम्म विदा भएको कुरा हामीले बिर्सेका छैनौं, यसको लागि सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं ।
त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ– माघ थारूहरूको नयाँ वर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारूहरूको लागि सब भन्दा ठूलो त्यौहार हुन भएको कुरा सबैलाई ज्ञात नै छ । यसका अतिरिक्त माघ मगर, छन्त्याल, किरात समुदायका लागि पनि नयाँ बर्ष, पहाडका लागि मकर संक्रान्ति, माघे संक्रान्ति, कतिपय समुदायका लागि तिला संक्रान्ति, खिचडी महोत्सव भएबाट माघ देशकै ठूलो हिस्साका लागि महत्वपूर्ण पर्व ठहर भैसकेको छ । देशको ठूलो जनसंख्याले मनाइरहेकोले यो एकताको पर्वको रुपमा पनि बिकसित भैरहेको छ र बिदामा बढोत्तरी पनि भएको छ । तर विदा ब्यबस्थापनमा भएको सानो त्रुटीले खुशीमा अलिकति कमी देखिएको छ ।

माघ थारूहरूको नयाँ वर्ष भएको र पुष अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गरिने, जिता मार्ने, लहानका (धार्मिकस्थल) का लागि निस्किने कार्य गर्नैपर्ने हुँदा पुस अन्तिम दिनदेखि नै माघ पर्वको शुरुवात हुन्छ । यसरी खास गरेर माघ पर्वको प्रभावको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १, २ गतेसम्म हुने र क्रमशः घट्ने हुँदा हामी प्रदेश र स्थानीय सरकारलाई पुस अन्तिम दिनलाई नछुटाई माघ ३ सम्म क’ल ४ दिन विदा दिन हुन जोडदार माग गर्दछौं– विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित:
९६८ दिन अगाडि
|
२५ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९