सरला चौधरी
थारु कल्याणकारिणी सभा केन्द्रिय समितिको मुल आयोजना तथा थारु विद्यार्थीसमाज लगायत थारु संघसंस्थाहरुको संयुक्त आयोजनामा माघ पर्व दुई दिन टुँडिखेलमा भव्यताको साथ मनाउने भएको छ ।
थाकस केन्द्रिय समितिले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी माघ पर्व पुस २९ र माघ १ गते दुइ दिन टुँडिखेलमा मनाउने जानकारी दिएको हो ।
″थारु संस्कृतिको संरक्षण, संबद्र्धन र प्रबद्र्धनमा हाम्रो अभियान, समानुपातिक पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने मुल नाराका साथ माघ पर्व मनाउन लागेको जानकारी दिइयो । साथै, माघ महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकले जनाएको छ ।
थारु समुदायमा माघ पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यको लागि गाउँको नेतृत्व चयन, नयाँ आर्थिक हिसाव किताब, कामको समीक्षा गरिने भएकाले सामाजिक, सांस्कृतिक, धार्मिक आस्थासँग यो पर्व जोडिएको छ । माघ पर्वलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरी राष्ट्रिय स्तरमा थारु माघ महोत्सव मनाउन सके मात्र थारु जातिको संस्कृतिको संरक्षण र आर्थिक विकासमा टेवा पु¥याउन सकिने माघ महोत्सव २०८० का संयोजक तथा थाकस महामन्त्री पे्रमीलाल चौधरीले बताए ।
महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नको लागि प्रेमीलाल चौधरीको संयोजकत्वमा थारु राष्ट्रिय माघ महोत्सव मुल आयोजक समिति तथा उपसमितिहरु गठन गरिएको छ । जसमा आर्थिक व्यबस्थापन उपसमितिको संयोजकमा सुमन चौधरी, स्टल व्यबस्थापनको समितिको संयोजकमा चन्द्र प्रकाश चौधरी, प्रचार प्रसार संयोजकमा प्रदिप लेखी, किशोर चौधरी, सहदेव चौधरी, विज्ञापन व्यवस्थापन संयोजकमा चन्द्र प्रसाद चौधरी रहेका छन् ।
त्यस्तै, सांस्कृतिक उपसमिति संयोजकमा नन्दुराज चौधरी, राम स्वागत चौधरी, मोटर साइकल ¥याली व्यबस्थापनमा अधिकार चौधरी, ब्लड डोनेशनमा पुष्पा चौधरी, झाँकी व्यवस्थापनको संयोजकमा बर्दियाली विकास मञ्च, निसराउ व्यबस्थापनमा थारु महिला सभा÷थारु महिला समाज र अग्रासन महिला समुह, जिता मार्ने उपसमितिमा बर्दियाली विकास मञ्च, फोहोर व्यबस्थापनमा जोगा चौधरी र शुत्रघन प्रसाद चौधरी रहेका छन् ।

महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यका साथ मोटरसाइकल ¥याली पुस २९ गते विहान ७ बजे तीनकुनेबाट शुरु भई भृकुटी मण्डपमा समापन हुनेछ ।
माघ १ गते १० बजे झाँकी ¥याली बसन्तपुरमा जम्मा भई रत्नपार्क परिक्रमा गरी टुँडिखेलमा मुल समारोहमा परिणत हुनेछ । महोत्सवलाई सफल बनाउन करिब १५ लाख लागत लाग्ने आयोजक समितिले जनाएको छ ।
प्रकाशित:
९६६ दिन अगाडि
|
२७ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९