कैलालीको टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनमार्फत् रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व सम्हालेका छन् । महाधिवेशनमार्फत् चौधरी सो पार्टीको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
नवनिर्वाचित अध्यक्ष चौधरीले पदाधिकारी र सदस्य पनि सर्वसम्मत चयन गरिएको जनाए ।
यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी थिइन् । रेशमले आफू कारागारमा रहँदै संरक्षक रहेर पार्टी गठन गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टीको विधानअनुसार अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
०७९ मा पहिलो पटक निर्वाचनमा भाग लिएर ४ सिट जितेको नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो राजनीतिक दल हो ।
यसैबीच महाधिवेशनमा सहभागी नरहेका नेता लक्ष्मण थारुले ‘बधाइ बा संघारि अध्यक्ष रेशम।’ भनेर फेसबुकमा रेशमलाई बधाई दिएका छन् ।

प्रकाशित:
९६६ दिन अगाडि
|
२७ पुष २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९