Above News Title

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

खुलामञ्चमा सुर्खेती थारूहरूको माघ महोत्सव सम्पन्न 

सुर्खेतको वीरेन्द्रनगर, घण्टाघरस्थित खुला मञ्चमा पुस २८ गते शनिवार विविध सांस्कृतिक नाचगान झाँकीसहित माघ सांस्कृतिक महोत्सव कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । 

लखागिन थारू उत्थान मञ्च, थारू कल्याणकारिणी सभा तथा राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्यानल छलफल पनि गरिएको थियो । 

पुर्खा जागुराम थारू, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारू र समाजसेवी लालबहादुर चौधरीसँग मान बहादुर चौधरी पन्नाले माघ पर्वकोे महत्व एवम् मौलिकताका बारेमा छलफल चलाएका थिए । नयाँ पुस्तालाई थारू पर्वबारे थाहा नहुँदा संस्कृतिप्रति सद्भाव हराउँदै गएकोले यस पटक कार्यक्रममा माघको सामाजिक, सांस्कृतिक एवम् धार्मिक महत्वबारे जानकारी गराएको पन्नाले विषय प्रवेश गराएका थिए ।

छलफलमा माघ पर्वलाई औपचारिक रुपमा मात्र नभई यसको मूलभूत मूल्य मान्यतालाई जोगाउन आवश्यक रहेको चर्चा चल्यो । यसको लागि समयअनुसार रुपान्तरण हुन पनि आवश्यक छ तर आफ्नोपन भुल्न नहुने र युवा पुस्ता तथा पुरानो पुस्ता दुबै जागरुक हुन जरुरी रहेको छलफको निष्कर्ष थियो । 

कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनालले सदियौदेखि हेपिएका, चेपिएका थारू समुदाय देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राज्यसत्तामा पहुँच पुगेको जिकिर गरे । ‘स्थानीय तहमा थारू समुदायका प्रतिनिधिको न्यून उपस्थिति छ । पञ्चायतम राजाको समयमा जमिनदारहरूले सोझा थारूहरूलाई पल्लो गाउँबाट वल्लो गाउँ नजा, वल्लो गाउँबाट पल्लो गाउँ नजा भनपछि बोल्न नसक्ने थारू समुदाय आज बोल्न सक्ने भएको छ । आफ्नो अधिकार स्थापित गर्न सक्ने भएको छ । यो सबै लोकतन्त्रले भएको उपलब्धि हो,’ उपप्रमुख खनालले भने । थारू कला संस्कृतिमा निकै धनी भएकोले सुर्खेतका थारू समुदायका लागि सदैव लागि रहने र नगरपालिकाबाट गर्न सकिने सबै सहयोग हुने उनको भनाई थियो । 

लखागिन थारू उत्थान मञ्च, सुर्खेतका अध्यक्ष मानबहादुर चौधरी पन्नाले  लुम्बिनी प्रदेशका थारू समुदायलाई प्रदेश सरकार एवम् स्थानीय सरकारले करिब ३ दिनसम्म थारूलाई विदा दिने गरेको तर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा बसोबास गर्ने थारूहरूलाई स्थानीय तहको सरकारले थारू समुदायका कर्मचारी, शिक्षक, विद्यार्थीहरूलाई दुई दिनसम्म बिदाको व्यवस्था नहुनु दुःखद रहेको बताए । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य सरिता चौधरीले थारू समुदायको लागि आफूले सदैव लागि पर्ने र समुदायले राखेको माग योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थारू कल्याण कारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीले सबै पाहुनालाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा थारू समुदायको उत्थानका लागि निरन्तर भाषा, कला, संस्कृतिमा विशेष योगदान पु¥याउने समाजसेवी तथा कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वीरेन्द्रनगर–२,का समाजसेवी कलाकार लालबहादुर चौधरी, मन्द¥या कलाकार कालुराम थारू, कलाकार कृष्णा चौधरी, वीरेन्द्रनगर–९ का मन्द¥या कलाकार शेरबहादुर थारू र वीनपा–१० का समाजसेवी तथा वुद्धिजीवि  शनिश्ररा महतम रहेका छन् ।

माघ सांस्कृतिक महोत्सवमा विभिन्न गाउँबाट आएका नाचहरूबिच प्रतिस्पर्धी भएको थियो । छोक्रा मघौटा नाच प्रतियोगितामा वीनपा ९, तिलपुर गाउँ प्रथम, वीनपा–१० पदमपुरका द्वितीय, वीनपा–२ कोलडाँडा नयाँवस्तीका तृतीय भएका थिए । बाँकी सबै सहभागी टोलीलाई प्रोत्साहनस्वरुप सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रमका सभाध्यक्ष मानबहादुर चौधरी पन्नाले गरेका थिए । 

त्यस्तै, वीनपा–२, कोलडाँडाका मानबिर थारू, ठौरीका टेक बहादुर चौधरी, फलाँटेका कालिका चौधरी र वीनपा–१०, बुदबुदीका बिन्दु चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न थारू कलाकारहरूको थारू नृत्य तथा गीतहरूसमेत प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको सञ्चालन लखागिन थारू उत्थान मञ्च सुर्खेतका सचिव जित बहादुर चौधरी र राष्ट्रिय थारू कलाकार मञ्च, सुर्खेतका अध्यक्ष राजु चौधरीले  गरेका थिए ।
 

प्रकाशित:

९६४ दिन अगाडि

|

२९ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९