दाङदेउखुरीको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐनबारे सोमबार छलफल भएको छ ।
थारु आयोगको आयोजनामा थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समितिको हल लमहीमा भएको कार्यक्रममा अधिवक्ता हल्लुप्रसाद चौधरीले ऐनबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा सहभागी लमही नगरअन्तर्गतका बरघरहरुले देउखुरी उपत्यकामा बरघरलाई ककनडार, अगह्वा भनिने हुँदा ऐनको नाममा पनि त्यही मौलिक शब्द राख्नुपर्ने जिकिर गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आउने साता बस्ने नगर परिषद्को बैठकबाट महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन पारित गरिने आश्वासन दिए । उनले पालिकाले थारु भाषामै पाठ्यक्रम बनाउने योजनामा रहेको पनि जानकारी दिए ।
सो अवसरमा बरघर प्रणालीबारे अनुसन्धानरत डा कृष्णराज सर्वहारीले सबैभन्दा पहिले बर्दियाको बारबर्दिया नगरपालिकाले बरघर ऐन पारित गरी राजपत्रमा समेत प्रकाशित गरिसकेकोको अवस्थामा अझै कार्यान्वयन हुन नसकेको बताए । उनले बरघर ऐन कार्यान्वयनको जटिलता फुकाउन पहिले ऐन पारित गरिसकेका पालिकाहरुसँग सहकार्य, समन्वय गरिनुपर्ने धारणा राखे ।

थारु आयोगका सदस्य सुबोधसिंह थारुले थारु समुदायको प्रथाजनित कानुन बरघर प्रणालीको संरक्षण गरिनुपर्ने बताए । उनले आयोगबाट आगामी वर्ष थारु युवावर्गलाई लक्षित गरी लमहीमा लोकसेवा आयोगको तयारी कक्षाका लागि पहल गर्ने बताए ।
थाकस देउखुरी क्षेत्रीय सचिव बालगोविन्द चौधरीले सञ्चालन गरेको कार्यक्रममा लमही नगरका ३ दर्जन बरघरहरुको सहभागिता थियो ।
प्रकाशित:
९५८ दिन अगाडि
|
९ माघ २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९