तस्विरः अविनाश दहित
अविनाश दहित
कैलालीमा यस वर्ष हालसम्म आठ जना थारु महिला गाउँको बरघर अर्थात् भलमन्सा चुनिएका छन् । गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो ।
बरघर प्रथा थारु समुदायमा सदियोंदेखि प्रचलनमा छ । माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ । यसअघि, बरघर भएर पुरुषले मात्र काम गर्ने गरेका थिए ।
घोडाघोडी नगरपालिका –१२ कोटा गाउँमा इन्द्रा चौधरी, धनगढी उपमहानगरपालिका –१५ कनरी गाउँमा पहिलो पटक असरानी चौधरीले बरघरको जिम्मेवारी पाउनुभएको छ । यसअघि भएका भूरा खेल वा खोज्नीबोज्नीबाट दुवै गाउँमा पुरुषलाई नै बरघर छान्ने गरिन्थ्यो । दुवै गाउँमा पहिलो पटक महिलाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् ।
यसैगरी, कैलारी गाउँपालिका –४ मा पाँच जना महिलाले यसवर्ष बरघरको जिम्मेवारी पाएका छन् । सो वडामा गणेशकुमारी चौधरी, शिवकुमारी चौधरी, गौरी चौधरी, विनिता चौधरी र उजलीदेवी कामी बरघर बनेका छन् । धनगढी उपमहानगरपालिका –११ बासखेराका गाउँवासीले गीता चौधरीलाई यस वर्ष पनि बरघरको रुपमा निरन्तरता दिएका छन् ।
स्थानीय स्तरमा महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको यसअघि पनि बरघरको रुपमा काम गरिसक्नुभएकी कैलारी गाउँपालिका –४ कान्छीटोलकी बरघर गौरी चौधरीले बताउनुभयो ।
बरघरले गाउँघरमा विकास निर्माण, कुलापानीको जनश्रमदानको कामदेखि भोजभतेरमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसैगरी, गाउँघरमा भएको सामान्य झैझगडा मिलाउने काम पनि गर्दैआएका छन् ।
प्रकाशित:
९४८ दिन अगाडि
|
१९ माघ २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९