Above News Title

युवावस्थामै छोरा गुमाएः स्मृतिमा एघार थान पुस्तक प्रकाशन गरे

युवावस्थामै छोरा गुमाएः स्मृतिमा एघार थान पुस्तक प्रकाशन गरे

 हुम्ला, सिमकोटका कर्णबहादुर रोकायाका छोरा पुष्कर रोकाया जापानमा इन्टर्नको लागि गएका थिए । अचानक  हृदयाघात भयो । बेहोशी अवस्थामै नेपाल ल्याए तर छोरोको होश खुलेन । यसरी अकल्पनीय रूपमा छोरा गुमाए  कर्णबहादुर रोकायाले । उनले आफूलाई सम्हाल्न सकेनन्, पिरै पिरमा मुटुरोगी बने ।

तर, यसरी मन दुखाएर कति दिन बस्नु ? उनले शोकलाई शक्तिमा बद्ले । पत्रकारिता पृष्ठभूमिका उनले  आफूलाई सम्हाल्न स्वर्गीय छोरो पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृतिमा एकै पटक ११ थान पुस्तक लेखन तथा प्रकाशन गरे ।

गएको एक वर्षदेखि काठमाडौंमा मुटुको उपचार गराइरहेका रोकायाले आफूलाई पीडाबाट हुने डिप्रेसनबाट बाहिर निस्कनका लागि पुस्तक लेख्न थाले । हुम्ला जिल्लाको शान्ति पत्रकारिता, प्राकृतिक, सांस्कृतिक, सामाजिक, लोक साहित्य तथा विकासका विविध आयामबारे लेखिएका खोजमूलक आलेखबाट आफ्नो जिल्लालाई चिन्न र चिनाउने कामका लागि सानो प्रयास भएको उनको भनाइ छ।

उनले छोराको नाममा पुष्कर फाउण्डेसन पनि खोलेका छन् । फाउण्डेसनको सहयोगार्थ कचहरी मिडिया हाउसले प्रकाशन गरेको यी पुस्तक हुम्ला पुस्तक संग्रह हालै स्वर्गीय पुष्कर रोकाया स्मृति विशेषका रूपमा प्रकाशन गरिएको छ। 

११ वटा पुस्तक संग्रहमा जुनकिरीको उज्यालो, गणतन्त्रमा हुम्ला, हुम्लाका मुख्य अन्न, हुम्लाका चाडपर्व, हुम्लाको पाइतो, नारा चंखेली, ओम मरुत्, कोभिड – १९ मा हुम्ला, हिउँ लोकसुसेली, अकमा हुम्ला, स्थलगत लिमी रहेका छन्। हुम्ला जान्न, बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि यी पुस्तक राम्रो स्रोत हो ।

पत्रकारितामा कर्णबहादुर रोकाया र साहित्यमा समर हुम्लीको नामले कलम चलाउने रोकाया पछिल्लो समय विशेष गरी ग्रामीण पत्रकारिता र आञ्चलिक साहित्यतर्फ सक्रिय हुँदै  छन्। नेपाल पत्रकार महासंघ हुम्लाको संस्थापक सदस्यका साथै सचिव हुँदै अध्यक्ष समेत भइसकेका छन्। पछिल्लो समय हुम्लामै प्रेस व्यवसायमा हात हालेका उनले प्रेस चलाउन भने सकेनन् । 

प्रकाशित:

९२९ दिन अगाडि

|

९ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९