नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रेशम चौधरी तथा नागरिक अभियन्ता सुरेन्द्र चौधरीबीच अर्थपूर्ण भेटघाट भएको छ ।
स्मरण रहोस्, नागरिक उन्मुक्ति पार्टीमा रहेकै बेला सामाजिक सञ्जालमा पार्टीबारे लगातार निकै तिखो टिप्प्पणी गरेपछि पार्टीले सुरेन्द्र चौधरीलाई हटाएको थियो ।
सुरेन्द्र चौधरीले रेशम चौधरीसँग संगै खाना खाइरहेको तस्विर फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘नागरिक पहिलो (सिटीजन फस्ट) अभियानको सिलसिलामा धनगढीबाट बर्दिया फर्किने क्रममा टीकापुर सिद्धार्थ होटलमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रेशम चौधरीजीसँग भेट भयो । अजेन्डाले पार्टीहरुमा नागरिकहरुलाई जोड्ने हो, बिधि, पद्धती र संस्कारले टिकाउने हो । पार्टीभित्र जस्तो बिधि, पद्धति र संस्कारको अभ्यास गरिन्छ, त्यो पार्टी सरकार र सत्तामा जाँदा त्यही कुरा प्रतिबिम्बित हुन्छ । तसर्थ बिधि, पद्धति र सँस्कारका मुल्य मान्यताहरु बसाल्न जोड दिनुस् भन्ने सुझाब दिइयो ।’
उता दुबैको तस्विर शेयर गर्दै रेशम चौधरीले फेसबुकमा उल्लेख गरेका छन्, ‘सौनामा स्नान गर्दा रापिलो हुन्छ, चिटचिटी पसिना आउँछ तर निस्किएको पसिनाले धेरै रोगको निराकरण गर्छ । हामी पुनः मन माझामाझ गरेर हाम्रा मुद्दाको लागि एक हुने अपेक्षासहित अर्थपूर्ण भेटघाट गरेका छौँ ’

प्रकाशित:
९२२ दिन अगाडि
|
१३ फागुन २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९