Above News Title

थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री

थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् । बुधबार २० नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा गएर शपथ समेत खाइसकेका छन् ।

यस मन्त्रीमण्डलमा थारू समुदायबाट भगवती चौधरी एकमात्र मन्त्री बनेकी छिन् ।उनले  महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय पाएकी छिन् ।

एमालेकी नेतृ भगवती चौधरी २०२८ सालमा औरावनी–३, सुनसरीमा जन्मिएकी थिइन् । उनले मानविकी संकायबाट समाजशास्त्रमा स्नातकोत्तर र व्यवस्थापन सङ्कायमा स्नातक सम्मको अध्ययन गरेकी छिन् । 

भगवती चौधरी २०६४ सालमा संविधानसभा सदस्य, २०६७ सालमा वन तथा भू संरक्षण राज्य मन्त्री भएकी थिइन भने गत वर्ष एमाले र माओवादी गठबन्धनमा झन्डै २ महिना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी थिइन् । उनले गत संसदीय चुनावमा काँग्रेसका विजयकुमार गच्छदारलाई पराजित गरेकी थिइन् ।

यसअघि थारु समुदायबाट अमनलाल मोदी माओवादी पार्टी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बीचबाटै हटाइदा मन्त्रीमण्डलमा नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चौधरीमात्र थारु समुदायबाट प्रतिनिधित्व गरेकी थिइन् । यो मन्त्रीमण्डलमा नाउपा सहभागी नहुने भएको छ । तर, उसले लुम्विनी या सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको माग गरेको छ । 

यस अघिको मन्त्रीमण्डलमा काँग्रेसबाट खै थारु मन्त्री ? भन्दा महामन्त्री विश्व प्रकाश शर्मालगायतले लुम्विनी  प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई देखाउँदै  प्रदेशको मुख्यमन्त्री थारु समुदायकै बनाएर थारु समुदायको सम्मान गरेको अभिव्यक्ति दिदै आएका थिए ।  नयाँ गठबन्धनले  लुम्विनी  प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पद पनि धरापमा परेको छ । 

प्रकाशित:

९१२ दिन अगाडि

|

२४ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९