नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतको ढोका ढक्ढक्याउने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।
नाउपाका संरक्षक रेशमलाल चौधरीले भने, ‘नेपालमा महाधिवेशनलाई मान्यता नदिने हो भने कसले गर्छ महाधिवेशन ? महाधिवेशनको रिस्क कसले उठाउँछ ? महाधिवेशनको फैसला निर्वाचन आयोगले गर्ने भए कसले गर्छ महाधिवेशन ? अदालत जानुको विकल्प रहेन ।’
निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।
चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ ।
प्रकाशित:
९११ दिन अगाडि
|
२५ फागुन २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९