Above News Title

थारु युवा सभाको अध्यक्षमा पवनकुमार चौधरी चयन

थारु युवा सभाको अध्यक्षमा पवनकुमार चौधरी चयन

थारु कल्याणकारिणी सभाको भातृसंगठन थारु युवा सभा केन्द्रिय कार्य समितिको चौथो महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै काठमाडौमा शनिवार सम्पन्न भएको छ । १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकोमा पवनकुमार चौधरी (बाँके) अध्यक्षमा चुनिएका छन् ।

त्यस्तै, समितिको अन्य कार्यसमितिमा वरिष्ठ उपाध्यक्षत्रयमा जीवन कुमार धामी (सुनसरी), अन्जित कुमार चौधरी (मोरङ), राम स्वागत चौधरी (सप्तरी) चयन भएका छन् ।  उपाध्यक्ष राजकुमार चौधरी (रुपन्देही),  महासचिव संगम चौधरी (सिराहा) तथा सचिवद्वयमा अशोककुमार चौधरी  (पर्सा) तथा सुरेशकुमार चौधरी  (सप्तरी) रहेका छन् ।

यसैगरी, केन्द्रिय सदस्यमा रामनारायण चौधरी (बारा), रमेश कुमार माझी (मोरङ), प्रमोदकुमार सिंह चौधरी (महोत्तरी), मनसा थारु (बाँके), सुषमा थारु (बर्दिया), समीरकान्त चौधरी (सुर्खेत), मुकेश गौरो  (पर्सा), कृष्ण प्रसाद चौधरी (पर्सा) रहेका छन् । यसैगरी, केन्द्रिय पार्षद सदस्यमा कानुनलाल चौधरी र पुष्पा गोजेवार रहेका छन् । हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका कानुनलाल चौधरी थारु युवा सभाका संस्थापक अध्यक्ष हुन् । 

यस अघि थारु युवा सभाको चौथो महाधिवेशनको उद्घाटन बाँकेको कोहलपुरमा यही असोज २७ मा उद्घाटन गरिए पनि बन्द सत्र स्थगित भएको थियो । फागुन २६ मा भएको बन्द सत्रले नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो । 

प्रकाशित:

९०७ दिन अगाडि

|

२८ फागुन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९