स्वर्गद्वारी गुठीपीडित किसानहरुले मोही अधिकारको माग गर्दै थालेको आन्दोलन फागुन ८ गतेदेखि जिल्ला प्रशासन कार्यालय घोराहीको गेटमा जारी छ । मोही अधिकार कायम भए पनि जमिन पाउन नसक्ने अवस्था आएको भन्दै मोही किसानहरुले मोही अधिकारको कार्यान्वयनको माग गर्दै आएका छन् ।
उता, संघर्ष समितिका संयोजक प्रभुराम चौधरीसहित काठमाडौमा संघीय मन्त्री, राजनीतिक दलका नेता र सांसदहरुलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरिरहेका छन् । टोलीमा रहेका थारु कल्याणकारिणीसभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार किसानहरुसँगको भेटमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले भूमिको समस्या किसानको मात्र नभई राष्ट्रकै समस्या भएकाले तत्काल समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
भूमिमाथिको द्वैध स्वामित्व हुनुहुँ‘दैन भन्नेतर्फ सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले विधेयक ल्याएर यस्ता समस्या समाधान गर्ने बताए ।
टोलीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, एमाले महासचिव शंकर पोख्रेल, सांसद दीपक गिरीलाई पनि भेट गरी समस्या समाधानमा भूमिका खेल्न आग्रह गरेको छ । महासचिव पोख्रेलले किसानको समस्याप्रति आफू जानकारी रहेको भन्दै समस्या समाधानका लागि उचित पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले किसानका समस्या समाधानमा पार्टीको सहयोग हुने बताए ।
थाकस दाङका पूर्वअध्यक्ष भुवन चौधरीका अनुसार गुठीपीडित किसान तथा दलका प्रतिनिधिहरुले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य मेनका पोख्रेललगायतसँग पनि भेट गरी मोही अधिकार कार्यान्वयनका लागि भूमिका खेलिदिन आग्रह गरेको छ ।
स्वर्गद्वारी गुठीको कुल एक हजार ५० विगहा जमिनमध्ये सात सय ७३ दशमलव ४ विगहा जमिनमा मोही छ । तर मोही पूर्जा पाइसकेका तीन हजार पाँच सय घरधुरीका १६ हजार दुई सय ६७ किसान सर्वोच्च अदालतले २०६२ फागुन १४ गते स्वर्गद्वारी गुठी विशेष गुठी भएकाले खण्डीकरण नगर्न परमादेश जारी गरेपछि मोही अधिकारबाट बञ्चित भएका छन् ।
प्रकाशित:
९०० दिन अगाडि
|
७ चैत २०८०
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९