Above News Title

स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति

स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति

दाङका स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको छ। बुधबार सिंहदरबारस्थित भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको आन्दोलनमा स्वर्गद्वारी आश्रमका मोही किसान र सरकारबीच सहमति भएको हो। 

स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग सम्बोधन गर्न किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले बताए।

उनले स्वर्गद्वारी आश्रमको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा रहेको द्वैद्य स्वामित्व अन्त्य गर्दै किसानको नाममा हुनुपर्ने माग गर्दै गुठी पीडित किसानसँग सरकारले छलफल  र संवादका माध्यमबाट सहमति जुटेको बताए। 

उनले सहमतिमा गुठी सम्बन्धी विभिन्न गुठी, मठ, मन्दिरहरूको फरक–फरक रहेको २०७२ मा भएका व्यवस्थालाई व्यवस्थित गर्ने र  स्वर्गद्वारी आश्रमका मोही किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठी सम्बन्धी कानुन तर्जुमा प्रक्रियालाई तत्काल अगाडि बढाउने सहमति भएको बताए।

उनले स्वर्गद्वारी आश्रमका मोही किसानले गर्दै आएको आन्दोलन आजदेखि स्थगित गरी आवश्यक सल्लाह सहयोग गर्नेगरी सहमति भएको बताए।

किसानहरूले विगत लामो समयदेखि दाङको घोराहीमा प्रदर्शनसँगै मोहीमा किसानको स्वामित्व कायम गर्न माग गर्दै आएका थिए। 

स्वर्गद्वारी आश्रमको दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही कायम छ। मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसँग पटक/पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन भएको थिएन।

न्युज एजेन्सी नेपालबाट

प्रकाशित:

८९९ दिन अगाडि

|

७ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९