Above News Title

राजरानी थारूको हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा

राजरानी थारूको हजारबाट सुरु गरेको नर्सरी व्यवसाय करोडमा

सिराज खान

बाँकेको कोहलपुर नगरपालिका–३, मैटहवाकी राजरानी थारूले कोहलपुरकै एक एग्रोभेटबाट पाँच सय रुपियाँको तरकारीको बिउ र पाँच सय रुपियाँको मलिलो माटो तथा पोली ब्याग खरिद गरेर सुरु गरेको नर्सरी व्यवसाय अहिले एक करोडमा पुगेको छ ।

आफूसँग भएको सात कट्ठा जमिन पनि बन्धकी राखेर दिदीको उपचार गराउँदा बिचल्ली भएको बेला पाँच सय रुपियाँमा खरिद गरेको बिउबाट घरमै तरकारीको दुई हजार बेर्ना उत्पादन गरी प्रतिबिरुवा तीन रुपियाँका दरले बिक्री गरेर व्यवसाय सुरु गरेको थारूले सम्झिनुभयो ।

उहाँले पाँच सय रुपियाँमा लौका, फर्सी, काँक्रा, करेला र घिरौँलाको बिउ खरिद गरेर बेर्ना उत्पादन गरी बिक्री गर्दा थोरै लगानीबाट सोचेभन्दा धेरै आम्दानी भएपछि हौसला बढेको बताउनुभयो ।

तरकारीको बेर्ना उत्पादनसँगै आफ्नो करेसाबारीमा क्लास्टिकको बिरुवा पनि उत्पादन गरेको राजरानीले बताउनुभयो । त्यहीबेला इलाका वन कार्यालय कोहलपुरका कर्मचारीले २० हजार रुपियाँ दिएर क्लास्टिकका एक लाख बिरुवा उत्पादन गर्न लगाए ।

सो रकमबाट एक लाख बिरुवा उत्पादन गरेर प्रतिबिरुवा एक रुपियाँका दरले बिक्री गरेर जम्मा भएको एक लाख रुपियाँले आफ्नो व्यवसाय फस्टाउनलाई ठुलो मद्दत भएको उहाँले बताउनुभयो ।

राजरानीले अहिले कोहलपुरमा दिपेश नर्सरी सञ्चालनमा ल्याउनुभएको छ । उहाँको नर्सरीमा अहिले खोजेको र रोजेको तरकारी, फलफूल र रुखका बिरुवा किन्न पाइन्छ । उहाँले कोहलपुरस्थित तरकारी बजारमा बिक्री केन्द्र नै राखेर बिक्री गर्दै आउनुभएको छ ।

उहाँले थप्नुभयो, “एक हजार रुपियाँबाट सुरु गरेको व्यवसाय एक करोडमा पुग्ला भन्ने कल्पनासमेत गरेको थिएन तर गरेपछि सबै सम्भव हुँदो रहेछ । अहिले हाम्रो नर्सरीमा उत्पादन भएका विभिन्न बोटबिरुवा देशको ५४, ५५ जिल्लामा पुग्ने गरेको छ ।”

राजरानीले युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबाट सुरुमा बढाउन १० हजार रुपियाँ ऋण लिनुभयो । उक्त ऋण चुक्ता गरेपछि २० हजार लिनुभयो । अहिले उहाँले सात लाख रुपियाँ ऋण लिएर मासिक २५ हजार रुपियाँ किस्ता बुझाउनुहुन्छ ।

अहिले महिनामा सरदर दुई लाख रुपियाँको व्यवसाय हुने गरेको जनाउँदै उहाँले यहीँबाट कमाएर म्याक्सिमा अटो र मोटरसाइकल किनेको, टनेल, पोली हाउस टनेल बनाएको राजरानीको भनाइ छ ।

आफ्नो व्यवसायमा श्रीमान् रामदयाल थारूले दिनरात सहयोग गर्ने गरेको जनाउँदै उहाँले आँट गर्ने हो भने पैसा कमाउन विदेश जानै नपर्ने बरु स्वदेशमै जति पनि कमाउन सकिने आफूले प्रमाणित गरेर देखाएको बताउनुभयो ।   गोरखापत्रबाट

प्रकाशित:

८८५ दिन अगाडि

|

२२ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९