Above News Title

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

नाउपाका पाँच सांसदहरूले भने, ‘सोडारीलाई हाम्रो समर्थन छैन’ 
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  

उता, सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताएका हुन् । 

उनीहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले आफू दलको नेता रहेको दाबी गर्दै आएका छन् । 

उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टीका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पारेका छन् । 

यसैबीच कैलाश चौधरीले भौतिक योजना मन्त्रीको शपथ खाएका छन् । टीका थापालाई विना विभागीय मन्त्रीको शपथ ख्वाउन थालेकोमा उनले मानिनन् ।

उता लुम्विनी प्रदेशमा नाउपाका धर्मबहादुर चौधरीले पुनः मन्त्रीको शपथ लिएका छन् । 

प्रकाशित:

८७० दिन अगाडि

|

७ वैशाख २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९