राम अवतार चौधरी
पर्यटन डिभिजन कार्यालय रुपन्देहीले कपिलबस्तुका थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम वैशाख ३१ बाट सुरु गरेको छ । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा सुरु भएको ५ दिने तालिम जेठ ४ गतेसम्म चल्नेछ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बरघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको बताउनुभयो । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको समेत थारुले उल्लेख गर्नुभयो।
थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको सशक्त नेतृत्व विकास हुन आवश्यक रहेको केन्द्रिय सदस्य थारुले जनाउनुभयो । बरघरले गाउँघरमा हुने गरेका स–साना घटना न्यूनीकरण गर्न सकारात्मक भूमिका निर्वाह गरेको उहाँले जनाउनुभयो । समुन्नत समाजमा सकारात्मक भूमिका खेल्ने बरघर प्रथालाई टोल विकास संस्थाले विस्थापित होइन, सशक्त बनाउनुका साथै पूर्णरुपमा कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ ।

यस्तै उद्घाठन सत्रमा थाकसकी केन्द्रिय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तित्व जोगाउने युवा पुस्ता गैरजिम्मेवार देखिएको बताउनुभयो । उहाँले पुर्खौली रीतिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको धारणा राख्नु भयो । थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिकास्तरीय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरू गर्ने योजना रहेको बताउनुभयो ।
पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम सकिएको तथा यो दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन भइरहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनक राज खनालले जानकारी दिनुभयो । तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, र बुद्धभूमि लगायत पालिकाका विभिन्न गाउँका ३ दर्जन बरघर तथा थारु समुदायका अगुवाहरूको सहभागिता रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले थारु बरघरको काम गर्ने शैलीबाट अरु समुदायले पनि सिक्नुपर्ने धारणा राखिन् । कार्यालयका लेखा अधिकृत बिनोद पौडेलले सबैलाई स्वागत गरेका थिए ।

तालिमका प्रशिक्षक डा कृष्णराज सर्वहारीले तालिमाको पहिलो र दोस्रो दिनमा थारु जातिको इतिहास, थारु बरघरले गर्नुपर्ने काम कर्तव्य र अधिकार, असल बरघरको गुण र भूमिका, थारु भाषा, कला, संस्कृतिको संरक्षण, थारुका परम्परागत प्रथा चलन र क्षमता विकास लगायतबारे विषयमा प्रशिक्षण दिए ।
प्रकाशित:
८४५ दिन अगाडि
|
१ जेठ २०८१
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९