जित ट्रासन
केही थान निरोहरु
फूल हेरेर मख्ख छन्
मेवा चाखेर तृप्त छन्
चर्पी गएर दङ्ग छन्
तर , रोम जलिरहेछ
निरोहरु बाँसुरी फुकिरहेछन्
बेसुरमा ।
@@@
हो , फूलले नजरलाई मोहित पार्छ
अनि , मेवाले उदरलाई जीवित गर्छ
र , चर्पीले मल्द्वारलाई पुलकित गर्छ
तर , लक्ष्य त
भन्टा टिप्नु जो छ ।
@@@
यो गतिले फूलहरुले टिप्न सक्दैनन्
बाबाजीका लोटा
यो मतिले मेवाहरुले भर्न सक्दैनन्
माताजीका लाम्टा
फेरि पनि , केही थान नचुनियाँहरु
नाच देखाउन नपाएर
फर्किएका छन् महफिलबाट
चुक्चुकाएर झोक्रिएर
बेकारमा ।
@@@
निरोहरुले आगो निभा भन्नुपर्थ्यो
तर उल्टो फर्मान गरिरहेछन्
डङ्का बजा ढाेल ठटा
जति सक्छस् घण्टा बजा ।
घण्टा बजा ।।
@@@
धनगढी, कैलाली
२०८१। ०२ ।०५
प्रकाशित:
८४१ दिन अगाडि
|
५ जेठ २०८१
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९