एमालेबाट मन्त्री रहेकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको काठमाडौंमा झन्डै तीन करोड रुपैयाँको मूल्य बराबरको जग्गा–जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार उनीसँग काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा १२ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ। स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा उक्त जग्गा किनेको उनले उल्लेख गरेकी छन्। त्यस्तै सुनसरीको दुहबीमा १ बिघा १ धुर जग्गा रहेको उल्लेख छ।
त्यसबाहेक सुनसरीको तनमुना ६ (क) मा २ कट्ठा, सुनसरीकै तनमुना ६ (क) मै २ बिघा ११ कट्ठा साढे ६ धुर, सुनसरीको औराबनी ९ (ख) मा १० धुर, सुनसरीकै औराबनी ९ (ख) मा १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
दाङको सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ।
उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी रहेको पनि उल्लेख छ।
उनीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय बाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४२ हजार १०५ र अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ। यी सबै स्वआर्जनबाट भएको उनले उल्लेख गरेकी छन्।
उनले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
प्रकाशित:
८३७ दिन अगाडि
|
८ जेठ २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९