कारी महतो
चितवन, रत्ननगर नगरपालिका–८, बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरुको औषधीय गुणबारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दै हुनुहुन्छ ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४ गतेसम्म आयोजना गरिएको थारु गुरौको विधि तथा जडिबुटीसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँ अहिले प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ । उहाँ पेशाले नेचर गाइड भएतापनि हाल जडीबुटी ज्ञानतर्फ आकर्षित हुनुहुन्छ ।
चालिस वर्ष अघि एकदिन वहाँ बिरामी भई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधी खाँदा पनि निको भएन । अन्तमा थारु गुरौको विधि र जडीबुटीबाट ठीक भएको र त्यसैबाट प्रभावित भई थारु गुरौहरुले प्रयोग गर्ने जडीबुटीहरु पहिचान गर्ने र प्रयोग विधि सिक्ने सोंच बनाएको बताउनुहुन्छ ।
उहाँ नेचर गाइडको रुपमा टाइगर टप्समा काम गर्ने क्रममा बर्दियासम्म पुग्नु भयो । त्यहीबाट उहाँले जडीबुटीहरुको नामहरु संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन सुरु गरेको बताउनु हुन्छ । अहिले उहाँले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपि तयार गर्नुभएको छ ।
उहाँले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरुको व्यवहारिक अनुभवहरुलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरु अहिले यो संसारबाट विदा लिई सकेका छन् । उहाँका अनुसार ती व्यक्तिहरु थारु गुरौ मात्र नभई अन्य आदिवासी जनजाति, बाहुनक्षेत्री, दलित, मधेसी थिए ।
उहाँको अनुभवमा जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो छैन, जस्तै कुनै कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव छ उहाँसंग । जानेको व्यक्तिले सहजै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउनु हुन्छ ।

एकपटक त एउटै जडिबुटीबारे सिक्न एकजनालाई पाँच हजार नगद दिएर सिके तर थारु गुरौहरुले भने निःशुल्क सिकाएको बताउनुहुन्छ । उहाँलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व.परमेश्वर महतो, बस्यौलीका स्व.नवलकिशोर चौधरी, बाघमाराका स्व.सुन्दर भगत (फौदार), सिसुवारका स्व.अजित महतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व.श्रीराम महतो, माडीका स्व.ठागाराम महतो, माडीका किसुन महतो आदि कैयौं गुरौहरुलाई उहाँ स्मरण गर्नुहुन्छ ।
अहिले कसैलाई कुनै रोग वा समस्या भएमा विनाशुल्क लिई परामर्श दिनुहुन्छ । कुन रोगको लागि कुन कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ लगायत सम्पूर्ण जानकारी निःशुल्क दिनुहुन्छ ।
रामदिन आफूले पहिचान गरेका जडिबुटीहरुलाई अहिलेसम्म व्यावसायिकता दिनु भएको छैन । उहाँका अनुसार धेरैजसो जडीबुटी चितवनको कसराको जंगल र गाउँघरमै पाइने भएतापनि कुनैकुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ ।
विश्वका कतिपय मुलुकहरुले धेरैजसो जडिबुटीहरुको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउनुहुन्छ ।
प्रशिक्षण कार्यक्रम थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थाकसका केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ गरिएको हो । जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरीलगायत प्रशिक्षक रहेका छन् । थाकस चितवनका सचिव सन्तकुमार चौधरीले सहजीकरण गरेको कार्यक्रम थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारायण महतोले संयोजन तथा व्यवस्थापन गर्नुभएको हो ।

प्रकाशित:
८३३ दिन अगाडि
|
११ जेठ २०८१
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९