कैलाली जिल्ला कैलारी गाउँपालिका वडा न: ३ का वडाध्यक्ष सन्तराम चौधरीले केन्द्रीय सरकारले आफूहरुलाई हातखुट्टा बाँधेर जेठको रापिलो तातो बालुवामा सुताउने गरेको पीडा सुनाए । उनले उक्त कुरा लाहुर्निप र थाकस कैलारीको आयोजनामा जेठ २५ गते कैलारी गाउँपालिकामा सम्पन्न भलमन्सा ऐन, कार्यविधि मस्यौदा र योजना सम्बन्धि अन्तक्र्रियामा सुनाएका हुन् ।
भलमन्साहरुले पोखेको दुखेसोको जवाफ दिने क्रममा उनले आफू पहिले २ बर्ष कैलारी ३ भर्री गाउँको (१ गाउँको) मात्रै भलमन्सा रहेको, अहिले वडाध्यक्षको रुपमा ११ गाउँको भलमन्सा रहेको बताए । १ गाउँको भलमन्सा हुँदा आफू पनि यहाँहरुले भनेजस्तै कुरा राख्ने गरेको, तर पालिकामा पुग्दा त्यो भन्दा फरक स्थिति पाएको जानकारी गराए । वडाको बजेट लाखमा हुने, तर एउटै भलमन्साले करोडको योजना माग गर्दा त्यसको सुनुवाई भनेजस्तो हुन नसकेको बताए । उनले भने सबैले भन्छन्, केन्द्र प्रदेश ढलेपनि स्थानिय सरकार ढल्दैन, तपाईहरु जनताको असली सरकार हो । हो हामी भुईमान्छेको खास सरकार त हो, तर हाम्रो हातखुट्टा बाँधिदिने र जेठको रापिलो र तातो बालुवामा सुताउने काम त केन्द्रले गरिदिने रहेछ, यो कुरा कसले बुझिदिने ? शुरुमा केन्द्रले स्थानिय सरकारलाई बजेट पठाउँछ, हामी त्यही अनुसार योजना बनाउँछौं, तीन चार महिना मात्रै बाँकी रहँदा ५५ प्रतिशत भन्दा बढी बजेट बिनियोजन गर्न नसकिने पत्र आउँछ, करिब आधा बजेट नआउँदा स्थानिय सरकारको हालत के होला ? यस्तो बेलामा गाली खानुको अर्को बिकल्प छ ? उनले भलमन्साहरुसँगै दुखेसो पोखे । म यहाँहरुको पीरमर्का बुझ्दछु, भलमन्सा चलाएरै आएको ब्यक्ति हुँ, तर गर्ने के ?

कार्यक्रममा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार जोहारी लाल चौधरी, लाहुर्निपका संस्थापक केन्द्रीय सदस्य सर्जुप्रसाद चौधरी, थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी र अन्य ३ जना सहजकर्ताहरुले भलमन्साहरुलाई उनीहरुको भलमन्सा प्रणाली, प्रणालीको महत्व, भलमन्सा ऐन, प्रस्तावित कार्यविधिमा रहेको खास खास ब्यबस्था, भलमन्साहरुले गर्न सक्ने काम, उनीहरुको गाउँ टोल र पालिकासँगको सम्बन्ध, खेल्न सक्ने भूमिकाबारे सहजीकरण गरेका थिए । भलमन्साहरुले आफूहरुले गाउँ, टोलको विश्वास जिती भलमन्सा बनेको, तर पालिकामा योजना फर्म भरी पठाउँदा आफूहरुको योजनाको बेवास्ता हुने गरेको गुनासो राखेका थिए । वडा न: ४ का भलमन्साहरुका संयोजक जगलाल चौधरीले पालिका टोल बस्तीमा आउँदा आफूहरुको योजना पालिकाले छनौट गर्ने कुरा उठ्छ, पालिकामा जाँदा त्यो त वडाले गर्ने कुरा हो भन्छ, बर्षेनी यही भैरहेको छ, हाम्रो कुराको सुनुवाई हुँदैन भन्ने कुरा राखेका थिए । उनीहरु पालिकाले छाडा चौपायाको ब्यबस्थापन गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए । कार्यक्रममा वडा न. २,३,४ का ५ महिला २३ पुरुष गरी २८ भलमन्साहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित:
८१८ दिन अगाडि
|
२८ जेठ २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९