Above News Title

थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो
थारु भाषाको पाठ्यक्रम प्रवोधीकरण तालिम सम्पन्न

बर्दियाको बारबर्दिया नगरपालिकाबाट तयार लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को ३ दिने प्रवोधीकरण तालिम सम्पन्न भएको छ । 

जेठ ३२ देखि असार २ गतेसम्म अंशुवर्मा उच्च मावि जयनगरमा भएको पाठ्यक्रम प्रवोधीकरण तालिमको समापनको अवसरमा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले भने,‘यस पालिकामा ७३ प्रतिशत थारुहरुको वसोवास भएकोले थारु भाषाको पढाई सामुदायिक र निजी दुवै तहको विद्यालयमा अनिवार्य रुपले लागु गर्न थालिएको हो ।’ थारु भाषाको पठनपाठनले विद्यार्थी वर्गलाई ज्ञान हासिल गर्न अझ सहज हुने उनको भनाई थियो । 

स्मरण रहोस्, बारबर्दिया नगरपालिकाले स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब नेपाली भाषामा हाल पठनपाठन गरिरहेको छ । अधिकांश विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पनि नेपालीबाट उल्था गरेर थारु भाषामै पढाउनुपर्ने अवस्थाले थारु भाषाकै पुस्तकमा जोड दिइएको बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले बताए ।  सामुदायिक र निजी दुवै तहको विद्यालयमा थारु भाषा अनिवार्य लागु गर्ने बारबर्दिया नगरपालिका पहिलो भएको उनले जानकारी दिए ।

तालिमको समापनमा प्रशिक्षार्थीहरु सुष्मासागर देवकोटा, जगतराम थारु, विष्णु चौधरीले तालिम निकै फलदायी रहेको बताए । तालिममा १९ महिला तथा २२ पुरुष गरी ४१ जनाको सहभागिता रहेको थियो । 

तालिममा राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान नेपालको सहकार्य रहेको थियो । यसैगरी, तालिमका प्रशिक्षकद्वय डा कृष्णराज सर्वहारी र नरेशकुमार चौधरी रहेका थिए । 

स्मरण रहोस्, लिरौसी थारु भाषक स्थानीय पाठ्यक्रम बारबर्दिया गौरब (कक्षा १–३) को सार्वजिनिकीकरण जेठ ३१ गते एक कार्यक्रमका बीच गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा गोपाल दहित, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उपप्रमुख रत्नकुमारी पाण्डे, प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखक डा कृष्णराज सर्वहारीलायतले पाठ्यक्रम सार्वजनिक गरेका थिए । 

प्रकाशित:

८०८ दिन अगाडि

|

३ असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५७ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९