Above News Title

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ

एकपटक एउटा गाउँमा एउटी महिलाले तीन जना बृद्व मानिसहरूलाई आफ्नो घरबाहिर बसिरहेको देख्दछिन्। तिनीहरू त्यहाँ धेरै बेरदेखि बसिरहेका थिए।

महिला बाहिर गएर भन्छिन्, ‘तपाईँहरूलाई म चिन्न त चिन्दिन तर धेरै बेरदेखि बसिरहेको देखेँ, भोक लागेको हुनुपर्छ । कृपया भित्र आउनुहोस् र केही खानुहोस्।'

ती मध्ये एक जनाले सोधे, 'तपाईंको श्रीमान घरमा हुनुहुन्छ ?' उनले जवाफ दिइन्, 'हुनुहुँहुन्न।' 'त्यसो भए हामी भित्र आउन सक्दैनौं।', पुरुषहरूले भने।

महिला घरभित्र पसिन् । साँझ उनको श्रीमान् घर आएपछि उनले बाहिर बसेका मानिसहरू र अगाडि भएको सबै कुरा सुनाइन्। श्रीमानले आफ्नी पत्नीलाई गएर ती मानिसहरूलाई भित्र आउन र केही खानेकुरा खान भन्दछन्। उनी बाहिर गइन् र उनीहरूलाई भनिन्, 'मेरो श्रीमान घरमा हुनुहुन्छ। उहाँले सबैलाई आमन्त्रित गर्दै हुनुहुन्छ। कृपया भित्र आउनुहोस् र हामीसँग केही खाना खानुहोस्।' तिनीहरूले जवाफ दिए, 'हामी सँगै घरभित्र जाँदैनौं।'

जब उनले किन भनेर सोधिन्, एक जना वृद्धले बताए, उनले आफ्नो एक साथीलाई संकेत गर्दै भने: 'उसको नाम धन हो। यदि ऊ तिमीसँग गयो भने तिम्रो घर सधैं धन-सम्पत्तिले भरिनेछ।' त्यसपछि अर्को बूढो मानिसलाई देखाउँदै उसले भन्यो: 'उनको नाम सफल हो। यदि उहाँ तपाईंसँग जानुहुन्छ भने, तपाईंले सुरु गरेको कुनै पनि प्रयासमा सधैं सफल हुनुहुनेछ।' त्यसपछि उनले आफूलाई "प्रेम" भनेर चिनाउँछन् । 'म तिम्रो साथमा गएँ भने तिम्रो घर सधै मायाले भरिनेछ।'

त्यसपछि उनले ती बृद्धलाई भित्र गएर आफ्नो श्रीमानसँग छलफल गर्न भनिन् कि उनीहरू मध्ये कुनचाहिँ घरभित्र जान चाहन्छन्। उनका श्रीमान् यो कुरा सुनेर खुसी भए र भने, 'धनलाई निम्तो गरौं। उहाँ आएर हाम्रो घर धन-सम्पत्तिले भरिदिनुहोस्।' उनकी श्रीमतीले असहमत भइन् र भनिन्, 'हामीले सफलतालाई किन निम्तो दिँदैनौं? उनीहरूको' बुहारीले यो कुरा सुनिरहेकी थिइन् । उनले आएर सुझाव दिइन्, ‘हाम्रो घरमा प्रेमलाई निम्तो दिँदा राम्रो हुँदैन र ? तब हाम्रो घर सधैंभरि प्रेमले भरिनेछ।' श्रीमान श्रीमती सहमत भए ।

महिला फेरि बाहिर गइन् र भनिन्, 'तिमीहरू मध्ये को प्रेम हो ? कृपया भित्र आउनुहोस् र हाम्रो अतिथि बन्नुहोस्।' प्रेम उठेर घरतिर हिड्न थाल्यो । त्यतिकैमा अरु दुई जना पनि उठेर उनको पछि लागे । महिलाले सोधिन्, ‘तिमीले भनेका थियौ कि सबै मिलेर आउन सक्दैनौ । मैले प्रेमलाई मात्र निम्तो दिएँ। तिमीहरू सबै किन आउँदैछौ?'

बुढाले जवाफ दिए, 'धन वा सफलतालाई निमन्त्रणा गरेको भए अरू दुई जना बाहिरै बस्ने भए, तर प्रेमलाई निम्तो दिनुभएकोले उहाँ जहाँ जानुहुन्छ, हामी उहाँसँगै जान्छौं।' जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलताले पनि पछ्याउँछ।" 

अंग्रेजीबाट अनुवाद : घनश्याम अस्तित्व

प्रकाशित:

७८५ दिन अगाडि

|

३० असार २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९