स्केचः दीपक गौतम
प्राडा प्राज्ञ खेमराज खनाल
दुई जना मान्छे मन्त्रालय छिरे । दुबै नयाँ मन्त्रीलाई बधाई दिन चाहान्थे । एक जना ठुला व्यापारी र एक जना प्राध्यापक थिए ।
पालेले देख्यो, एउटा सुटबुट लाएको र अर्को सामान्य लुगा र चप्पल लगाएको थियो ।
व्यापारीले भन्यो, "पाले भाइ, मैले मन्त्रीजीलाई भेट्नु छ । छिटो लैजाऊ ।"
प्राध्यापकले भने, "म नि जानु छ । मलाई नि लैजानु होस् ।"
पालेले प्राध्यापकलाई भन्यो, "एक छिन पर्खनोस् है । एक जनामात्र जान मिल्छ ।" उसले व्यापारीलाई मन्त्रीकहाँ पुर्यायो ।
व्यापारीले मन्त्रीलाई नमस्कार गरे । भलाकुसारीपछि बाहिर निस्के । पहिले भेट्न दिएकामा पालेलाई धन्यवाद दिए । ऊ मख्ख पर्यो ।
पालेले प्राध्यापकलाई झर्कँदै भन्यो, "मन्त्रीजीलाई धेरै झर्को लाउने होइन नि । भेट्नेको ताँती लाग्या लागै छ । व्यस्त हुनुन्छ ।"
प्राध्यापकले "हुन्छ" भनेर टाउको हल्लाए । दुबै भित्र पसे । मन्त्रीजी जुरुक्क उठे ।
प्राध्यापकलाई भने, "गुरुदेव नमस्कार ! तपाईंले पनि पाउकष्ट गर्नुभयो ?"
प्राध्यापकले भने, "आफ्नो विद्यार्थी मन्त्री हुँदा कसलाई खुसी लाग्दैन र ?" भलाकुसारीपछि प्राध्यापक बिदा भए ।
पाले जिल्ल पर्यो ।
२०८१/०४/११
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी ।
प्रकाशित:
७७२ दिन अगाडि
|
१२ साउन २०८१
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२६ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९