Above News Title

‘राज्यमन्त्रीले केही गर्दैनन् भन्ने भाष्य परिवर्तन गर्नेछुः’ अरुण चौधरी

‘राज्यमन्त्रीले केही गर्दैनन् भन्ने भाष्य परिवर्तन गर्नेछुः’ अरुण चौधरी

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफू आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । शुक्रबार मात्रै  नियुक्त भएका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलालीका मतदाताहरूलाई भेटेर यस्तो बताएका हुन् ।

उनी शनिबार बिहानै कैलाली पुगेका हुन् । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकर्ता र मतदातालाई उनले भने, ‘म आज  बधाई लिन आएको हैन । मलाई आफ्नो अमूल्य मत दिएर मन्त्रीको पदमा पुर्‍याउने तमाम मतदाताहरूलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् ? सोध्न आएको हुँ । तपाईँको लागि मैले राज्यमन्त्रीको भूमिकामा रहेर गर्नुपर्ने कामहरूको लिष्ट तयार पार्न आएको हुँ ।’

राज्यमन्त्रीमा नियुक्त भएकाले कार्यकारी भूमिका नरहेको हुँदा धेरै काम गर्न सक्ने स्थिति नभए पनि संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरेर जनहितमा काम गर्न प्रतिबद्ध रहेको उनले बताए ।

‘सबै जनालाई मेरो अनुरोध छ । मसँग गलत नियत, गलत सोच र कसैको व्यक्तिगत फाइदा हुने कामका लागि यसो गर्दिनुस्, उसो गर्दिनुस् भन्दै नआउनुस् । तर, समग्र देश र समाजको लागि मैले मेरो भूमिकामा रहेर गर्न सक्ने हरेक कामहरूका लागि मलाई रचनात्मक सल्लाह सुझाव दिन नहिचकिचाउनुस्’, राज्यमन्त्री चौधरीले भने, ‘म राम्रो कामका लागि हरेक मानिसहरूसँग सहकार्य गर्न सधैँ तयार छु । गलत कामका लागि जो कोही होस्, कहिल्यै पनि हात मिलाउँदिन ।’

‘मेरो काम बजेट बाँड्ने हैन । बजेटको कार्यान्वयनको अवस्था के छ ? भनेर अध्ययन अनुगमन गर्ने हो । कहाँ कहाँ बजेट हाल्नु पर्नेछ ? कहाँ कसरी काम गर्नुपर्नेछ ? मन्त्रालय मातहतमा भएर काम गरिरहेका कहाँ कमीकमजोरी भएको छ ?भनेर अध्ययन गर्ने, अनुगमन गर्ने हो’, चौधरीले भने, ‘राज्यमन्त्रीले केही गर्दैनन्, केही गर्न सक्दैनन् भन्ने भाष्य परिवर्तन गरेर आफ्नो अधिकारको अधिकतम प्रयोग गरेर दत्तचित्त र इमानदारिताका साथ काम गर्नेछु ।’

 शुक्रबार नाउपाबाट चौधरी तथा काँग्रेसबाट रुपा विक र पूर्ण बहादुर तामाङ राज्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित:

७६३ दिन अगाडि

|

१९ साउन २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९