Above News Title

हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

हात्तीको आक्रमणले हात्ती प्रजनन केन्द्रका कर्मचारी जद्दु थारूको मृत्यु

जंगली हात्ती गोबिन्देको आक्रमणबाट हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारीको मृत्यु भएको छ। 

असोज १७ गते साँझ ७ बजेतिर प्रजनन केन्द्रतिर गइरहेको समयमा हात्तीका पछुवा ३६ वर्षीय जद्दु सिंह थारुलाई जंगली हात्तीले लखेटेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले थारुको घटनास्थलमै मृत्यु भएको बताए। 

प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार हात्तीले थारुलाई भेटाएपछि घिसारेर हात, खुट्टा भाँचिदिएको बताए।

सर्लाहीको हरिपुर–६ घर भएका जद्दु सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा हुन्। 

‘साँझतिर बाहिर गएर प्रजनन केन्द्रतिर फर्किँदै गर्दा जंगली हात्तीले भेट्टाएर लखेटेछ। भाग्दा भाग्दै भेट्टाइहाल्यो। घिसारेर हात, खुट्टा भाँचिदियो। जद्दुको मृत्यु नै भयो,’ चौधरीले भने। जंगली हात्ती गोबिन्दे प्रायः प्रजनन केन्द्र आसपासमै रहन्छ।

यसैबीच अन्वेषक इन्दु थारूले माहुते जद्दु सिंह थारुबारे सामजिक सञ्जालमा लेखेकी छिन्, ‘एक दिनभर जद्दु सिंह थारुले मलाई हात्ती खगेन्द्र प्रसादमाथि बसाएर निकुञ्ज घुमाएका थिए । त्यो दिनभर उनले मलाई जंगलको बारेमा( बोटविरुवाको नाम, हात्तीलाई मनपर्ने घाँस, हात्तीको आनीबानी, माहुतेको दैनिकीलगायत थुप्रै विषयमा सुनाएका थिए । आज जंगली हात्ती गोविन्देको आक्रमणबाट उनको मृत्यु भएको खबरले स्तब्ध भएको छु । सम्झीरहेको छु उनले बच्चैदेखि स्याहार गरेको खगेन्द्रप्रसाद अर्थात बगरा (जद्दुले माया गरि बोलाउने नाम बगरा) ले जद्दुलाई कति सम्झिरहेको होला ।’ 

प्रकाशित:

७०२ दिन अगाडि

|

१८ असोज २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९