गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नयाँ गीत ल्याएका छन् ।
“माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् ।
रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ । संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ ।
हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
गायक संजय चौधरीको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ ।

( भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=wgsx3ojetT8 )
प्रकाशित:
७०१ दिन अगाडि
|
१९ असोज २०८१
६ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६३ दिन अगाडि
|
२७ मंसिर २०७९