Above News Title

लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू

लोकवार्ताको कार्यक्रममा संगीतमय भयो दैलेखको दुल्लू

कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको दोस्रो दिन कार्तिक ४ गते आइतवार दैलेखको दुल्लूस्थित द्रोणाचार्य क्याम्पस परिसर संगीतमय भएको छ ।

दीपक विकसहितको टोलीबाट स्वागत गीत पस्किदै सुरु भएको कार्यक्रममा कमल नेपालीको नेतृत्वमा पञ्चैबाजा, मारुनी नाचको प्रस्तुतिले स्रोताहरुलाई मन्त्रमुग्ध पारेको थियो ।

त्यस्तै, विवाहको अवसरमा गाइने माँगल गीतदेखि झोडा गीत, दैलेखी ठाडी भाका अनि श्रम खेलदेखि हुड्के नाचको पनि प्रस्तुति रहेको थियो । श्रम खेल नृत्यमा बाहुन, क्षेत्रीदेखि मुसलमान सम्मले ढोलको आवाजमा तरवारको कलावाजी देखाएका थिए । 

संगीतमय कार्यक्रमपछि शुभकामना मन्तव्य दिने क्रममा दुल्लू नगरपालिकाका मेयर भरत रिजालले लोकवार्ता परिषद्को संगोष्ठीमा भाग लिन बाहिरबाट आएका विद्वान लेखकहरुले दुल्लू क्षेत्रलाई चिनाउन कलम चलाइ दिन आग्रह गरे । 

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लोकवार्ता परिषद् नेपालको कर्णालीकेन्द्रीत करिब ८० वटा कार्यपत्रको सम्पादनपछि प्रकाशनमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सघाउने वचनवद्धता व्यक्त गरे । उनले समग्र नेपाल अनि खास गरी कर्णाली क्षेत्रलाई चिनाउन महत्वपूर्ण योगदान दिने योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गराउन सबैको सहयोग जरुरी रहेको धारणा राखे । 

सोमवार कार्तिक ५ गते लोकवार्ता परिषद् नेपालको संगोष्ठीमा बाहिरबाट भाग लिन आएका अतिथिहरु दैलेखको कीर्तिस्तम्भ, विजय उद्यान, धुलेश्वर मन्दिर, शिरस्थान, नाभीस्थानलगायत ऐतिहासिक स्थलको अवलोकन गरेका थिए । त्यस्तै, दुल्लू–१०, नाभीस्थानस्थित पञ्चकोशी वेद विद्याश्रमका शिक्षक–विद्यार्थीहरुसंग पनि साक्षत्कार गरेका थिए । 

अवलोकन भ्रमणपछि कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको थियो । यस क्रममा बालकृष्ण शर्माले सल्यानमा प्रचलित ठाडी भाकाका लोकगीत, डा गणेश घिमिरेले लोकदोहरी गीतमा दोष, प्राडा कुसुमाकर न्यौपानेले कर्णाली प्रदेशमा प्रचलित लोकसंगीत, डा कृष्णराज सर्वहारीले थारू समुदायमा हरेरी पूजाको महत्व शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यस्तै, गायत्री पराजुलीले दैलेख दुल्लूको बालराजा काशीरामको भारत, प्रा हुमकान्त पाण्डेले कर्णाली प्रदेशका केही धार्मिक स्थलको चिनारी, राजेन्द्र आचार्यले देउडामा पाइने ऐतिहासिक विषयबस्तु, डा मुुकुन्द शर्माले रुपन्देहीका थारू समुदायमा प्रचलित सीता विवाहको प्रस्तुतिकला तथा गणेशप्रसाद उपाध्यायले दुल्लूको परिचय विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यपत्र प्रस्तुतिको अध्यक्षता गरेका प्राडा कपिल लामिछानेले केही कार्यपत्र मात्र पुस्तकालय अध्ययन अनि यूट्युवका गीतको प्रसंगमा सीमित रहेकाले लोकवार्ता अध्येताले गाउँघरमै पुगेर अध्ययन गर्न सुझाव दिएका थिए । कार्यक्रममा डेउडा गायक रुद्र तिमिल्सिनाले देउडा गीत, दीपक विकले लोकगीत तथा दुल्लू नगरपालिकाकी उपमेयर विना कार्कीले न्याउला गीत गाएर मनोरञ्जन दिलाएका थिए । 

कार्तिक ६ गते कालिकोटको मान्ममा अर्को कार्यक्रम रहेको छ । कार्यक्रम कार्तिक १२ गते रारा घोषणापत्र जारी गर्दै समापन हुनेछ । कर्णालीकेन्द्रीत लोकवार्ता परिषद् नेपालको १३औं संगोष्ठीको समुद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलबाट कार्तिक ३ गते सुर्खेतको वीरेन्द्रनगरमा गरेका थिए ।

                                                                                                                       धुलेश्वर मन्दिर परिसरमा लोकवार्ता संगोष्ठीका सहभागीहरु ।

प्रकाशित:

६८४ दिन अगाडि

|

५ कात्तिक २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९