मणिराज महतो
हरिबोधनी एकादशीको अवसरमा आजको दिनमा नवलपुरको नारायणी नदी किनार अधिकांश ठाउँमा ठुल्ठूला मेला लाग्ने गर्द्छ।
थारु समुदायको ऐतिहासिक बणकी एकादशी मेला सदियौ देखि नवलपुरको तिन स्थानमा लाग्दै आएको छ। १. गुनरही बजार, गोणार (गोडार) २. बुणीहा बजार, पिथोल (पिठौली) ३. प्रसौनी बजार, हर्राबास टार ।
एकादशी मेला थारुहरुको ठूलो पर्व हो। यस दिन ब्रतालुहरु गुनरही, बुढिया वा प्रसौनीमा लाग्ने एकादशी मेला घुम्ने गर्दछन्। यसै दिन आगामी बर्षमा कतिको बर्षा हुन्छ भन्ने अनुमान गर्ने गरेको थारु किंवदन्तीहरुमा पाइन्छ।

यस दिन ब्रतालुहरु गुनरही स्नान गरिसकेपछि शिरथान (देवचुली) को टुप्पोमा हेर्ने चलन छ। यदि शिरथानको टुप्पोमा आजको दिन बादल देखिएमा असार साउनमा बर्षा हुने र किसानहरु लाई फाइदा पुग्ने तर सफा आकाश देखिएमा खडेरी पर्ने जनविश्वास रहेको पाइन्छ।
एकादशी ब्रत र मेला शिरथान कुमारवर्ती देवीको एउटा बिशेष धाम हो। यस दिनमा मेणरी नाच सहितको जात्रा प्रत्येक गाउँबाट निकालिने चलन परापूर्वकालदेखि चलिआएको मानिन्छ। मेणरी नाच देव देवीको नाच हो। यो नाच महाभारत कथासंग सम्बन्धित छ।

स्थानीयवासीका अनुसार मेणरी नाचमा प्रयोग गरिने मादलहरुको समेत नाम देव देवीको नामले राखिएको पाइन्छ। प्रत्येक मादलको ताल एकसाथ मिल्नै पर्ने र निरन्तर ताल मिलिरहनुपर्ने यस नाचको बिशेषता रहेको छ।
यदि कथम्कदाचित कुनै मादलको ताल बिग्रियो भने मादल फुट्ने पनि गर्दो रहेछ। अति नै देवदेवीको शक्ति अड्कल गर्न सकिने नाच हो मेणरी नाच।
आजकाल मेणरी नाच लोप हुने अवस्थामा छ।
प्रकाशित:
६६२ दिन अगाडि
|
२७ कात्तिक २०८१
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३४ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४७० दिन अगाडि
|
१२ भदौ २०७९
१४२५ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९