Above News Title

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला पुस ५ गते शुक्रवार सम्पन्न भएको छ । लमही–५, स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा करिब ६ दर्जन बरघरहरुको उपस्थिति रहेको थियो । 

सो अवसरमा राप्तीसोनारी गाउँपालिकाका थारु गाउँका अगुवा बरघरहरुले आफूहरु सक्रिय भएको गाउँठाउँमा टोल विकास समितिबाट नभई बरघरहरुकै सञ्जालबाट काम हुनुपर्ने आवाज उठाएका थिए । आफू युवावस्थामै बरघर बनेको बताउने टरवा गाउँका बरघर इतवारी थारुले भने,‘पालिकाले बरघर ऐन पारित त गरेको छ । तर, हामीलाई पत्याउँदैन ।’ टोल विकास समितिले बरघरहरुसंग समन्वय गरेर काम गरेमा थारु गाउँको विकास तीव्र गतिमा हुने उनको धारणा थियो । अर्को प्रसंगमा उनले बीसौ वर्ष बरघर बन्नेहरु बरघरमा मात्र सीमित नभई समाजसेवाको दायरा फराकिलो पार्न राजनीतिमा पनि हात हाल्नुपर्ने राय दिए । 

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष लाहुराम चौधरीले आफ्नो पालामा टोल विकास समितिबाट नभई बरघरहरुकै सञ्जालबाट काम गराएको स्मरण गरे । अझै पनि यस्तो अभ्यास फलदायी हुने उनको भनाई थियो । ‘बरघर प्रणाली स्वयम्सेवी छ, श्रमदान गरेर लाखौंको काम उनीहरुबाट छोटो समयमा सम्भव हुन्छ । त्यसैले, थरुहटका पालिकाहरुले बरघरहरुको सञ्जाललाई सदुपयोग गर्न सक्नुपर्छ ।’ पूर्व अध्यक्ष चौधरीले भने । 

पेडारी गाउँका बरघर रतिराम चौधरीले भने, ‘आयोजक थारु साहित्य संस्कृति प्रतिष्ठानको बरघरमा महिला र युवा समावेशी हुनुपर्छ भन्ने आवाज जायज छ । तर, बरघरमा महिला र युवाहरुको चाहना देखिदैन ।’ बरघर रतिराम चौधरी तथा अर्का बरघर सुन्दरसिंह चौधरीले आफ्नो बाजे, बाबु हुँदै बरघर आफूमा सरेको बताउँदै गाउँका कसैले बरघर बन्न चाहना गरे सुम्पिन तयार रहेको बताए । 

२०५४ सालबाट लगातार २७ वर्षदेखि बरघर चलाइरहेका बजारु थारुले युवाहरुलाई लौन अब त काँध फेरदेऊ भन्दा नमान्ने गुनासो गरे । बरघर चलाउन गाह्रो छ । बरघरसंगै पूजापाठ पनि जोडिएकाले सबैलाई यो पद शुभ नहुने उनको भनाई थियो । 

पद्नाहा गाउँकी बरघर जुगमानी थारुले पालिकाले गाउँको भूंइहार बनाउन थोरै बजेट दिएकोमा नपुग भई गाउँलेहरुबाट चन्दा उठाउनु परेको जनाइन् । उनले भनिन्, महिलाहरु पनि बरघर बन्न इच्छुक हुन्छन् तर पुरुषले साथ दिनुपर्छ । पूजाआजा गराउन झन्झटिलो भएकाले पनि महिलाहरु बरघर बन्न मन नगर्ने उनको भनाइ थियो । 

अर्का बरघर कान्छा चौधरीले महिलाहरुले चलाएको सहकारी उत्कृष्ट रहेको उदाहरण दिदै महिलाहरुलाई बरघरको जिम्मेवारी गाउँको समन्वय अझ मजबुत हुने बताए । 

राप्तीसोनारी ७ नं वडाका वडाध्यक्ष रामलखन चौधरीले पालिकाबाट बरघर ऐन पारित गराउन निकै पापड पेल्नु परेको बताउँदै अब छिटै नै विधेयक पनि पारित गरेर व्यवस्थित गरिने जनाए । अर्को प्रसंगमा उनले प्रत्येक थारु गाउँको मौलिक नामसंग इतिहास, पहिचान जोडिएको तर हाल आएर बंग्याउने काम भएकाले मौलिक नाम जोगाउन आग्रह गरे । उनले बरघरहरुसंग भने, तपाईहरुको गाउँको नामको साइनबोर्ड बिग्रिएको छ भने, पालिकामा सच्याउन निवेदन दिनोस्, हामी सहयोग गर्छौ । पुरानो जमिन्दारको नाममा गाउँको देउता रहेकाले त्यो सकार्ने अर्को व्यक्ति नहुँदा आफ्नो गाउँ बरघरविहीन रहेको, यसलाई सल्टाउने काम भइरहेको उनले बताए । 

थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाको ७८ जना बरघरमा ४० मुनिका ४ युवा अनि ३ महिला बरघरले समावेशी नभएको देखाउँछ ।

बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजना यूयसएडको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा नागरिक समाज र सञ्चार परियोजनाअन्तर्गत भइरहेको छ।

प्रकाशित:

६२२ दिन अगाडि

|

६ पुष २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६८ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२३ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६१ दिन अगाडि

|

२७ मंसिर २०७९