थारु पत्रकार संघ नेपाल (थापस) को केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी चयन भएका छन् । संघको फागुन २४ गते शनिवार काठमाडौंमा भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा छनोट भएका हुन् ।

त्यस्तै, थापसको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी, महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी, कोषाध्यक्षमा कारी महतो, सदस्यमा मिनादेवी विश्वास छानिएका छन् ।
निर्वाचन समितिका संयोजक श्रवण चौधरी, सदस्य मदन चौधरी तथा गीता चौधरीको टिमले पटक पटक समय थप गर्दा पनि अन्य उम्मेदवारी परेन ।
थप सदस्य कार्यसमितिको पहिलो वैठक बसेर मनोनित गरिने तथा संस्थाको काम द्रुत गतिमा अघि बढाइने अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गरे ।
को को भए पुरस्कृत ?
थारु पत्रकार संघ, नेपालका लागि अभियन्ता इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गरेको जोखन–जगत रत्गैया स्मृति पुरस्कार २०८१ दाङको घोराहीबाट विगत १७ वर्षदेखि निरन्तर थारु भाषामा प्रकाशित हुँदै आएको लौव अग्रासन थारु साप्ताहिकलाई प्रदान गरिएको छ । उक्त साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३० हजार रुपियाँ राशीसहित कदरपत्रले सम्मान गरियो ।

यसैगरी, पत्रकार दिनेश चौधरीलाई सतौन स्मृति पत्रकारिता पुरस्कार र गायक विकास चौधरीलाई सतौन स्मृति प्रतिभा प्रोत्साहन पुरस्कार जनही २५ हजार नगद राशिसहित पुरस्कृत गरियो । उक्त पुरस्कार वर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्थापना गरेका हुन् ।
त्यस्तै, हिमालखबरकर्मी उर्मिला गम्वालाई १० हजार रुपियाँ राशीको ओएसिस पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । सो पुरस्कार पुरस्कार चितवनका डा मनोज चौधरीले स्थापना गरेका हुन् । कार्यक्रममा छैटौं महाधिवेशनमा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्तिलाई समेत कदरपत्रले सम्मान गरिएको थियो ।
उद्घाटन सत्रमा कसले के भने ?
महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको मन्तव्यको क्रममा यु्वा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु कल्याणकारिणी सभा माघी महोत्सव मनाउन, थारु महिला समाज जितिया मनाउन मात्र स्थापना भएको भान भएको तिक्तता पोखे । थारुको नाममा खोलिएको कुनै संस्थाले द्रुत गतिमा कुनै सार्थक काम गर्न नसकेकोमा उनको असन्तुष्टि थियो । ‘कार्यक्रममा घोंघी खाने र मोटाउने’ बाहेक अर्थोक हुन नसकेको उनले बताए । थारु कल्याणकारिणी सभालाई कार्यालय बनाउन जग्गा तथा घरको लागि कति रकम चाहिन्छ, म जुगाड गर्छु भन्दा पनि कुनै ठोस प्रस्ताव नआएको उनको भनाई थियो । ‘थाकसले कति जना थारु विद्यार्थीलाई हालसम्म छात्रबृत्ति दियो ?’ कार्यक्रममा उपस्थित थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीलाई उनले प्रश्न तेस्र्याए । काम नगर्ने संस्था स्थापना गरेर समय वर्वाद गर्नुभन्दा आफ्ना छोराछोरीको पढाइ लेखाइमा ध्यान दिन उनले आग्रह गरे ।
मन्त्री चौधरीले नयाँ पत्रकार जन्माउन नसकेकोमा थारु पत्रकार संघप्रति तिक्तता पोख्दै संघलाई तालिमका लागि रकम चाहिए सघाउन तयार रहेको बताए । उनले थारु पत्रकार संघका लागि आफूबाट स्थापित सतौन स्मृति पत्रकारिता पुरस्कारका लागि हाललाई १ लाखको अक्षयकोष स्थापना गरिदिने घोषणा पनि गरे ।

उद्घाटन सत्रमा फोनिज वरिष्ठ उपाध्यक्ष तथा थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार लक्की चौधरीले हाल थापसको १७ जिल्लामा शाखा बिस्तार हुनु तथा करिब ३ सय पत्रकार गोलबद्ध हुनुमा थारु पत्रकार संघकै देन रहेको बताए । त्यस्तै, थापसका पूर्व अध्यक्ष तथा सल्लाहकार डा कृष्णराज सर्वहारीले आफूहरुले दुःखजिलो गरी हुर्काएको थारु पत्रकारको छाता संगठनलाई प्रदीप लेखीको नेतृत्वले विगत ३ वर्षमा एक पटक पदाधिकारीहरुको पूर्ण बैठकसम्म नबसाली शुन्य अवस्थामा पुर्याएकोमा कामकार्वाहीको अवस्था हेरी माइनस जिरो नम्बर दिन मन लागेको तिक्तता पोखे । उनले संस्थाका संस्थापकहरुको योगदान सम्झिन तथा मुखपत्र फुलरियालाई निरन्तरता दिन आग्रह गरे ।
उद्घाटन सत्रमा थारु आयोगका सदस्य सुबोधसिंह थारु, थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुृरधन राईले शुभकामना दिएका थिए ।
त्यस्तै, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, जातीय पत्रकार संघका पदाधिकारीहरु, स्थानीय विकास प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक कानुनलाल चौधरी, थापसका लागि पुरस्कार संस्थापक डा मनोज चौधरी, थापसका संस्थापक सदस्य तथा आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।
प्रकाशित:
५४३ दिन अगाडि
|
२५ फागुन २०८१
३ दिन अगाडि
|
१५ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
५ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
७ भदौ २०८३
२० दिन अगाडि
|
२९ साउन २०८३
३१ दिन अगाडि
|
१८ साउन २०८३
३३ दिन अगाडि
|
१६ साउन २०८३
१४२३ दिन अगाडि
|
२५ असोज २०७९
१४५८ दिन अगाडि
|
२१ भदौ २०७९
१४६७ दिन अगाडि
|
१२ भदौ २०७९
१४२२ दिन अगाडि
|
२६ असोज २०७९
१३७२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२८ दिन अगाडि
|
२० असोज २०७९
१३६० दिन अगाडि
|
२७ मंसिर २०७९