Above News Title

चिरै

चिरैचुटगुनीसबके मुहमे बकार नै छै लेकिन सुमधुर ध्वनिसे गाम गुन्जयमा बनाइछै
चिरै

चारूभरा  चिरै सब बोलैछै चिरचिर
बैठल छै गाछके ठाइरहमे
घरके छाइनमे
उरैछै अकाशमे

धान, गहौम, मरूवा फोइकके 
खाइले आबैछै खेत,अङ्ना या खरहियानमे ।
 पियासल छै
ताकने फिरैछै पाइन अतसे ओत ।
गामके बहार पोखैरमे 
बारीके खता, गामके इनार 
अङनाके पेप, बारीके पैनमे
आबैछै पियैले पाइन 
अङ्नाके ओइ कोनमे
चिरैके पियैले कन्तरामे 
राखलछै पाइन 
अनओने ताकैछै 
केकरोने देखैछै त
लोलसे घटघट पियैछै पाइन या
उइरके चैल जाइछै 
बैठैले गाछमे ।
मेना, कौवा, कोइली, पेरवा, मुरगा, चिल, गिध
हाँसिन बगरा, पौरकी, बट्टाई, बौकला चियै चिरै
पेरवा, हासिन, मुरगा पालैछै घरमे
बाँकी चिरै सब खोता लगाइने छै गाछके ठाइरहमे
कोइली बिहाने बिहान कुहुकुहु करैत सुनाइछै
सात रङ्के सङ्गीत भोइरल गीत 
मुरगा कहैछै कुखुरी काँ
पेरवा करैछै बाकबाकुम बाकबाकुम
बगरा गाबैछै चिरचिर 
मुधुर गीत
यी चिरैसबके गीत सुइनके
हाइसते उठैछै गाम ।
कलामे धनिक
गीत सङ्गितमे अब्बल
चिरैचुटगुनीसबके मुहमे बकार नै छै लेकिन
सुमधुर ध्वनिसे गाम गुन्जयमा बनाइछै
रहैले घर नै छै
लेकिन बसुवाइर या आमगाछी कब्जा करने छै
गाममे खेतपथार नै छै
लेकिन खुला अकाशमे उइरके
सबके उपर राज करैछै
सात सुरके सङ्गिसे
प्रकृतिमे श्रृङ्गार भोरनेछै
चिरबिर सुरसे भोरल
गीत सुन्याके आद्मी सबके 
करैछै चिन्तामुक्त 
चिन्तामुक्त हैले चिरैसबसे सिखै चियै
खुला अकाशमे रमाइले चिरैसब हमरा बोल्या रहल छै
सुरम्य ताल भोरैले चिरैसबके चिरचिर ध्वनी गुनगुनाइ चियै ।
-----------------------------

(नेपाली भाषामा अनुवाद)
 

चरी

चारैतिर चराहरू गर्दैछन् चिरबिर
बसेको छ हाँगामा
घरको छानामा
उड्छ आकाशमा
धान, गहुँ, मरूवा
खान आउँछ खेत, आँगन र खलियानमा ।
तिर्खाएको छ
खोजिरहेको छ पानी यहाँ, त्यहाँ
गाउँ बाहिर पोखरी र बारीमा 
गाउँको इनार, घरको गाग्रोमा
कल, बारीको कुलोमा
राखिएको छ पानी आँगनको एउटा कुनामा कह्तरामा
यताउति हेर्दै 
पानी पिएर 
बस्न जान्छ रूखको हाँगामा ।
मैना, काग, कोइली, परेवा , चिल, गिद्ध, कुखुरा
हाँस, बतक, बट्टाई, बगरा, पौरकी, बकुला हुन् चरा
परेवा, हाँस, बतक, कुखुरा पाल्छन् घरमा
बाँकी चराहरूले गुँड लगाएका छन् रूखको हाँगामा
कोइली बिहान बिहानै सात रङ्को सुर भरेर 
सुनाउँछ कुहुकुहु गर्दै मीठो गीत
कुखुरी काँ भन्दै गाउँछ कुखुरा
परेवाले बाकबाकुम गीत गाउँदै डाक्छ बिहानीलाई 
भँगेरो चिरबिर गर्दै मधुर गीत सुनाउँछ
यी चराहरूको गीत सुनेर बिहान 
गाउँ उठ्छ हाँस्दै ।
कलामा धनी
गीत, सङ्गितमा अब्बल
चराहरूको मुखमा बोली छैन तर,
सुमधुर ध्वनीले गाउँ गुञ्जयमान बनाउँछ ।
बस्ने आश्रयस्थल छैन तर,
अधिनमा राखेका छन्  बाँसघाँरी र आँपगाच्छीका रूखहरू
गाउँमा खेतीपाती छैन तर, 
खुला आकाशमा उड्दै
सबैमाथि हैकम जमाइरहेको छन् ।
सात सुरमा सङ्गीत भरेर 
प्रकृतिमा श्रृङ्गार भरिरहेका छन्
चिन्तामुक्त हुन चराबाट सिक्दैछु
खुला आकाशमा रमाउन चरालाई डाक्दैछु 
सुरम्य ताल भर्न चराको चिरबिर ध्वनी गुनगुनाउँदै छु ।

प्रकाशित:

४३४ दिन अगाडि

|

१५ असार २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९